काठमाडौंका विभिन्न स्थानमा ११ दिनदेखि थुप्रिएको फोहोर आज बिहानबाट संकलन गरिने,


लेखक : सुन्दराञ्चल      जेष्ठ २४, २०७९ मा प्रकाशित     
काठमाडौंका विभिन्न स्थानमा ११ दिनदेखि थुप्रिएको फोहोर आज बिहानबाट संकलन गरिने,

काठमाण्डौं जेष्ठ २४,  काठमाडौंका विभिन्न स्थानमा ११ दिनदेखि थुप्रिएको फोहोर आज बिहानबाट संकलन गरिने भएको छ । सोमबार स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएपछि आजदेखि महानगरभित्रको फोहोर संकलन गरिने भएको हो ।

 

सोमबार सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको छ । हरेक दिन बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुर्ने सहमति भएको आयोजना निर्देशक रवीन्द्र बोहोराले जानकारी दिए ।

यसरी माटोले पुरेपछि दुर्गन्ध नफैलिने उनले बताए। दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को सिफारिसका आधारमा १० दिनभित्र रासायनिक वा जैविक उपचारको विधि पनि लागू गरिनेछ । १७ वर्षदेखि लगातार काठमाडौंको फोहोर थुपारिँदै आएको सिसडोल बन्द गरी हरित क्षेत्रमा परिणत गर्ने र बञ्चरेडाँडा डम्पिङ साइटले असर गर्ने प्रभावित क्षेत्र निर्धारण गरेर अधिग्रहण प्रक्रिया थालनी गर्ने पनि प्रतिबद्धतापत्रमा छ ।

यसको निम्ति बञ्चरेडाँडाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधार ६ महिनाभित्र प्रभावित क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिने बोहोराले जानकारी दिए । प्रभावित क्षेत्रका जग्गा यकिन गरी अधिग्रहण गर्ने जिम्मा सहरी विकास मन्त्रालयको हुनेछ ।

काठमाडौं महानगरपालिकाले नास्टको विज्ञ टोलीबाट बञ्चरेडाँडा डम्पिङ साइटले प्रभाव पार्ने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गराएको थियो। महानगरले उक्त प्रतिवेदन सार्वजनिक गर्ने पनि सहमति भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap