काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालियो,


लेखक : सुन्दराञ्चल      जेष्ठ २३, २०७९ मा प्रकाशित     
काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालियो,

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालिएको छ । झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालिएको वडाध्यक्षका सहयोगी किरण भट्टराईले  जानकारी दिए ।

भट्टराईले भने, ‘बालाजु चोकदेखि सोह्रखुट्टेसम्मको प्रमुख सडक पेटीमा फालिएका फोहोर उठाउन सुरु गरिएको छ । लगभग ९/१० गाडी फोहोर उठाएका छौं । संकलन भएको फोहोर वडा क्षेत्रकै २/३ वटा ठाउँमा लगेर व्यवस्थापन गर्ने तयारी भइरहेको छ । स्थानीयलाई प्रभाव नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने सहमति पनि भइसकेको छ ।’

भट्टराईका अनुसार सोमबार बिहानै वडाध्यक्षसहितका जनप्रतिनिधिले स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग फोहोर व्यवस्थापन बारे छलफल गरी सहमति जुटाएका छन् ।

वडाध्यक्ष मुकुन्द रिजालले फोहोर व्यवस्थान गरिने ठाउँका स्थानीयसँग पनि आवश्यक छलफल गरी स्थानीयकै सहमतिमा फोहोर व्यवस्थापन गर्ने ठाउँको पनि पहिचान गरिएको भट्टराईले बताए ।

‘वडा नम्बर १६ को फोहोर आफ्नै वडाक्षेत्रमा व्यवस्थापन गर्ने गरी वडाध्यक्षले आवश्यक छलफल गरिरहनु भएको छ । मुख्य चोकमा रहेका फोहोर गाडीमा उठाउने काम भइरहेको छ’ भट्टराईले भने ।

वडाध्यक्ष रिजालले आफ्नो फेसबुकमार्फत फोहोर उठाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन् । भिडियो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘वडा नम्बर १६ को चोक चोकमा थुप्रिएको फोहोरहरु वडाकै पहलमा उठाएर तत्काल फोहोर व्यवस्थापनको समस्या समाधान गर्न पहल गर्ने कार्यको सुरुवात गरियो । सोह्रखट्टे चोकबाट सुरु गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा जुटेका छौं । सहयोग गर्नुहुने काठमाडौं महानगरपालिका वातावरण विभाग र सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै सल्लाह र सुझावको अपेक्षा राख्दछौं ।’अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap