छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      जेष्ठ १८, २०७९ मा प्रकाशित     
छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

जेठ १८, छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन, धनकुटा र सप्तरीमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।

धनकुटाको धनकुटा नगरपालिका–६ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।
धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसैगरी सप्तरीको कञ्‍चनरुप नगरपालिका–१२ मा गएराति बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराती ९ बजे पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न बस सहित चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ । यसैबीच चितवनको इच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा करिब ३५  वर्षीय पुरुष रहेका छन् ।  मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् ।  नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो ।

दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजीकार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।रातोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap