आइतबार विहानै देखि मौसममा बदली हुँदा ,सम्पर्कविहीन तारा एयरको विमान


लेखक : सुन्दराञ्चल      जेष्ठ १५, २०७९ मा प्रकाशित     
आइतबार विहानै देखि मौसममा बदली हुँदा ,सम्पर्कविहीन तारा एयरको विमान

१५ जेठ काठमाडौँ, पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशंका गरिएको छ ।

६ विदेशी र १३ जना नेपाली सहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको आशङ्का गरिएको छ । आइतबार विहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्कीए हुनसक्ने जानकारी प्राप्त भएको हाम्रा गण्डकी प्रदेश संयोजक रमेश पौडेलले जानकारी दिए ।

पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै रहेको थियो त्यसपछि सम्पर्क विहिन बनेको थियो । आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए। आइतबार विहानै देखि मौसममा बदली हुँदा देसैभर बर्षा भएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap