बाजुरा त्रिवेणी नगरपालिका नव निर्वाचित नगर प्रमुख थापा मतदातालाइ धन्यवाद दिन घरघर पुगे ,


लेखक : सुन्दराञ्चल      जेष्ठ १३, २०७९ मा प्रकाशित     
बाजुरा त्रिवेणी नगरपालिका नव निर्वाचित नगर प्रमुख थापा मतदातालाइ धन्यवाद दिन घरघर पुगे ,

महादेव गिरी सम्वाददाता 

धनगढी जेष्ठ १३  बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका नव निर्वाचित नगर प्रमुख कर्ण बहादुर थापाले मतदाताहरुको घरघरमा गएर धन्यवाद दिन पुगेका छन् ।

नगर प्रमुखमा निर्वाचित भइसकेपछि थापाले जनताको आवाज के हो, जनताले कस्तो किसीमको बिकास चाहिराका छन् भनेर आफू घर दैलो गर्दा आफूलाइ काम गर्ने पनि सजिलो हुने भएकाले आफू जनताको प्रतेकको गुनासो सुन्नका लागि नगर बासिहरुको घरघर जाने पुगेका छन् ।

नगर प्रमुखमा निर्वाचित भइ सकेपछि जनताको मन मस्तिष्कमा, जनमानसमा जाने त्रिवेणी नगर बासीहरूको घर आगनमा पुगी आफूलाई अमुल्य मतदान गरि नगर प्रमुखको जिम्वारी आम नगरबासीले दिएको मा खुसी भएको बताए । आफू त्रिवेणी नगर बासी प्रति निकै खुसी भएको जुन जिम्र्वारी छ त्सलाइ काधँमा राखि काम गर्ने प्रतिबद्धता जनाए । नव निर्वाचित नगर प्रमुख थापाले भने

जनताको भावना विपरीत काम नगर्ने र आफू त्रिवेणी नगर बासी प्रमुख भइ सकेपछि कुनै पनी यो यस्को पाटी हो,उस्को पाटी हो भनेर जनतालाई विभेद नगर्ने नगर बासीका सबै जनताको हित हुनेकाम गर्ने बताए ।

नव निर्वाचित नगरप्रमुख थापाले भने आफ्नो पहिलो प्राथमिकता कृषि, सडक, र शिक्षा, खानेपानी, स्वास्थ्य,प्रर्यटन,धार्मीक मठमन्दिर,युवाहरुलाई स्वरोजगार काम कार्यक्रमहरु,मा पहिलो प्रथामिक्ता रहने बताए ।
त्रिवेणी नगरपालिका वडा ५ मा जनता संगको भेटघाट कार्यक्रममा

कार्यक्रमको प्रमुख अतिथि नव निर्वाचित कर्ण ब थापा, विशिष्ट अतिथि उपप्रमुख कमला जैसी,  न्यौपाने अतिथि नेपाली काँग्रेस जिल्ला सदस्य वडा ७ अध्यक्ष जुद्व ब। अयडी, ने। का जि। स। गिता गिरी, त्रिवेणी ने का । उपसभापति खगेन्द्र साँउद नगरपालिका वडा ४ अध्यक्ष गणेश साउँद,  नगर सभापति सुरेन्द्र गिरी, नगर प्रमुख सचिवालयका प्रमुख खेमराज गिरी, लगाएतको उपस्थित रहेको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap