रेनु ७ हजार र चित्रसेन १५ हजारभन्दा बढी मतले अगाडि,भरतपुर महानगरपालिकामा


लेखक : सुन्दराञ्चल      जेष्ठ ८, २०७९ मा प्रकाशित     
रेनु ७ हजार र चित्रसेन १५ हजारभन्दा बढी मतले अगाडि,भरतपुर महानगरपालिकामा

८ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना हुँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ७ हजार भन्दा बढी मतको अग्रता लिएकी छन् ।

आज बिहानको मत परिणाम अनुसार रेनुले ३५ हजार २३० र एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७ हजार ४६५ छ । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ८५२ मत पाएका छन् ।

मतगणनाको सुरुवाती चरणमा रेनु र विजयबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिए पनि अहिले रेनुको अग्रता फराकिलो भइसकेको छ ।

भरतपुरमा सत्ता गठबन्धनका दलहरु तालमेल गरेर चुनाव लडेका थिए । नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर उम्मेदवारी दिएका थिए ।

सत्ता गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि फराकिलो मत अन्तरले अगाडि छन् । उनले राप्रपाकी उपप्रमुख उम्मेदवार हिमला गुरुङलाई १५ हजारभन्दा बढी मत अन्तरले पछाडि पारेका छन् । बिहान ७ बजेसम्मको परिणाम अनुसार चित्रसेनले ३७ हजार ३२६ र हिमलाले २१ हजार ९०० मत पाएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap