मैले धेरै राम्रा काम सुरु गरेको छु र विकासको जग बसिसकेको छ, नृप बहादुर वड


लेखक : सुन्दराञ्चल      जेष्ठ ८, २०७९ मा प्रकाशित     
मैले धेरै राम्रा काम सुरु गरेको छु र विकासको जग बसिसकेको छ, नृप बहादुर वड

धनगढी,८ जेठ । नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नृप बहादुर वडले आफू स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।

धनगढी उप-महानगरपालिकाको निवर्तमान मेयर समेत रहेका वड स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग पराजित भएपछि प्रतिक्रिया दिँदै आफू पार्टीबाट निर्वाचन लडेपनि स्वतन्त्र जस्तै उम्मेदवार भएको बताएका हुन् ।

यहाँ गठबन्धन भए पनि नामको गठबन्धन थियो वडले भने “म पार्टीबाट चुनाव लडेपनि स्वतन्त्र लडेको हुँ ।” उनको यो भनाई ले गठबन्धन र पार्टीबाट पूर्ण असहयोग भएपछि आफूलाई स्वतन्त्र रहेको आशय दिन्छ ।

वडले आफू मेयर हुँदा गरेका राम्रा कामलाई निरन्तरता दिन नवनिर्वाचित मेयर गोपाल हमाललाई आग्रह गरे । मैले धेरै राम्रा काम सुरु गरेको छु र विकासको जग बसिसकेको छ उनले भने “राम्रा कामलाई निरन्तरता दिनुहोला नराम्रा कामलाई सच्याएर जानुहोला मेरो राम्रा काममा सहयोग रहने छ ।”

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap