कैलाली ६ गौरीगंगामा नेपाली काग्रेसमा कंवरको पुरै प्यानल विजयी,


लेखक : सुन्दराञ्चल      जेष्ठ ५, २०७९ मा प्रकाशित     
कैलाली  ६ गौरीगंगामा नेपाली काग्रेसमा कंवरको पुरै प्यानल विजयी,

कैलाली जेष्ठ ५। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका सुरत रावत ९डोटेली कान्छा० को वडामा काँग्रेसका तर्फबाट वडा अध्यक्षमा टेकबहादुर कुँवरको पुरै प्यानलले तेब्बर मतले विजयी हासिल गरेको हो ।

वडामा कुल खसेको २ हजार ५ सय ६८ मत मध्य २ हजार ४ सय ७३ सदर मतमा नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार कुँवरले १ हजार २ सय ६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार भीम बहादुर शाहीले ४ सय ६६ मत प्राप्त मात्रै प्राप्त गरे ।
नेकपा माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार सन्तोष आउजीको ३ सय ६७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार महेश जोशीले ६५ मत प्राप्त गरे । स्वतन्त्रका उम्मेदवार पुरन सिंह कडायतले ५७ मत प्राप्त गरे । त्यस्तै महिला सदस्यमा नेपाली काङ्ग्रेसका तर्फबाट गीता चौधरी १ हजार १ सय ३९ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट माया कठायतले ५ सय ६२, नेकपा माओवादीका तर्फबाट प्रदेशनी चौधरीले ३ सय ३६ प्राप्त गरिन् ।

दलित महिला सदस्यमा काँग्रेसका तर्फबाट उम्मेदवार बाटुदेवी बि।क। १ हजार १ सय ६१ मतले विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट बिन्द्रा सुनारले ४ सय ९५, नेकपा माओवादी र समाजवादी गठबन्धनका तर्फबाट दलित महिला सदस्य मन्सरा भुलले २ सय १६ प्राप्त गरिन् । त्यस्तै खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका तर्फबाट टेकबहादुर बोगटीले १ हजार २० प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण खडकाले ५ सय ६८, नेकपा माओवादी र समाजवादीका भानबहादुर साउँदले २ सय २२ प्राप्त गरे ।

खुल्ला वडा सदस्यमा नेपाली काङ्ग्रेसका तर्फबाट सियाराम चौधरीले १ हजार १ सय ३४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका तुलसीराम चौधरी ४ सय ३१ र नेकपा माओवादीका धर्मराज जोशीले १ सय ५८ मत प्राप्त गरे । गौरीगंगा नगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादीका देवीदत्त कँडेल १ हजार ६० मतले विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका पदम सिंह सिङालले ६ सय ७७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवास कुँवरले २ सय ९८ मत प्राप्त गरे । त्यस्तै उप–प्रमुखका पदमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भोजबहादुर बमले १ हजार १ सय ९५ मत प्राप्त गरी विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट शान्ति सिंह ५ सय २९ प्राप्त गरिन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कमला बोहराले ५९ मत प्राप्त गरिन् ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap