३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् ।
सुरुवातदेखि नै अग्रता लिइरहेका साहले पछिल्लो मत परिणाम अनुसार १० हजार ८९९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाएका छन् ।