धनगढीमा कसले मारर्ला बाजी ?


लेखक : सुन्दराञ्चल      जेष्ठ १, २०७९ मा प्रकाशित     
धनगढीमा कसले मारर्ला बाजी ?

धनगढी,१ जेठ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५० भन्दा बढी मतले अग्रता लिएका छन् । २९५३ मत गणना हुँदा हमालले १३८६ मत पाएका छन् ।

नेपाली कांग्रेसका नृपबहादुर वडले ८०७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १४३ मत पाएका छन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत पाएकी छन् भने एमालेकी कन्दकला रानाले रानाले ३८४ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४८१ मत पाएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap