धनगढी उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह


लेखक : सुन्दराञ्चल      बैशाख २३, २०७९ मा प्रकाशित     
धनगढी उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह

धनगढी बैशाख २३, कैलालीको धनगढी उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरिएको छ ।

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन्।

आशन्न्र वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि धनगढीमा पनि पाँच दलीय गठबन्धन गरिएको छ । प्रमुखमा नेपाली काँग्रेसका नृपबहादुर वड र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका शन्ति अधिकारीलाई गठबन्धनको साझा उम्मेदवारका रुपमा अघि सारिएको हो । भने वडा स्तरमा गठबन्धनका घटक दलहरुबीच मित्रवत प्रतिस्पर्धा हुने भएको हो ।

संयुक्त जारी विज्ञप्तिमा भनिएको छ,ुगठबन्धनमा आवद्ध सबै राजनीतिक दलका स्थानीय वडा तहको नेतृत्व, वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरू वडा तहमा आआफ्नो दलका उम्मेदवारका पक्षमा मत माग्ने र गठबन्धनका साझा मेयर पदका उम्मेदवारको निर्वाचन चिन्ह रुखमा र उपप्रमुखका उम्मेदवारको निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हतौडामा मतदान गर्ने वातावरण सुनिश्चित गर्न अनुरोध गर्दछौँ ।ु

 

 

 

 

 

 

 

 

 

 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap