६४ जिल्लामा एक करोड ३२ लाख २१ हजार मतपत्र पठाएको आयोगले बताए,


लेखक : सुन्दराञ्चल      बैशाख २०, २०७९ मा प्रकाशित     
६४ जिल्लामा एक करोड ३२ लाख २१ हजार मतपत्र पठाएको आयोगले बताए,

काठमाडौंवै  शाख २०- स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा मतपत्र पुगेका छन्।निर्वाचन आयोगले देशभर मतपत्र पुर्‍याउन काम भइरहेको जनाएको छ। अहिलेसम्म ६४ जिल्लामा एक करोड ३२ लाख २१ हजार मतपत्र पठाएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

अब काठमाडौं उपत्यका र मधेश प्रदेशका जिल्ला मात्रै मतपत्र पठाउन बाँकी रहेको छ।

काठमाडौंबाट एकै दिनमा मतपत्र पठाउन सकिने ठाउँमा मात्रै बाँकी रहेको अर्यालले जानकारी दिए।

उपत्यकाका तीन जिल्ला र मधेश प्रदेशका आठ जिल्लामा काठमाडौंबाट एकै दिनमा मतपत्र पुर्‍याउन सकिने भएकाले केही दिनमा पठाइने उनको भनाइ थियो।

यससँगै ६ वटा महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र पनि छपाइ भइरहेको आयोगले जनाएको छ।

आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र छाप्न थालेको हो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap