नेपालको विकास साझेदारीमा अमेरिकाले निरन्तर सहयोग गर्ने बताए अमेरिकी विदेशमन्त्रीको भनाइ


लेखक : सुन्दराञ्चल      बैशाख १६, २०७९ मा प्रकाशित     
नेपालको विकास साझेदारीमा अमेरिकाले निरन्तर सहयोग गर्ने बताए अमेरिकी  विदेशमन्त्रीको भनाइ

काठमाडौं  बैशाख १६,नेपालसँगको विकास साझेदारीमा अमेरिकाले निरन्तर सहयोग गर्ने बताएको छ । नेपालको विकासको दोस्रो पुरानो बाह्य साझेदार अमेरिकाले विद्यमान द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि जनाउँदै सहयोगको तत्परता देखाएको हो ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएका सन्दर्भमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले सामाजिक सञ्जालमा शुक्रबार लेखेका छन्, “नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको छ । नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन भोगेको छ । हामी साझेदारका रूपमा हाम्रा उपलब्धिमा गर्व गर्छौं र मित्रताको धेरै दशकका लागि तत्पर छौँ ।”
परराष्ट्र मन्त्रालयले विदेशमन्त्री ब्लिङकेनको अभिव्यक्तिको प्रत्युत्तर दिँदै सामाजिक सञ्जालमा लेखेको छ, “नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव मनाउने क्रममा, नेपाल हाम्रा दुई देशबीचको लामो समयदेखिको मित्रता र सहयोगलाई अझ प्रगाढ बनाउने आफ्नो प्रतिबद्धता दोहो¥याउँछ ।”
नेपालका लागि अमेरिकी राजदूत ¥याण्डीबेरीले सामाजिक सञ्जालमा आजै “नेपाली र अमेरिकीहरूलाई बधाई छ । सन् १९४७ मा अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्ध यही हप्ता सुरु भएको थियो । हाम्रो मित्रता आपसी सम्मान, लोकतान्त्रिक मूल्य र सार्वभौमसत्तामा आधारित छ”, लेखेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र अमेरिकाबीच २५ एप्रिल १७४७ मा कूटनीतिक सम्बन्ध कायम भएको हो । यसैबीच परराष्ट्रमन्त्री डा नारायण खड्कासँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सले शिष्टाचार भेट गरको छन् । भेटमा दुवै पक्षले नेपालमा एमसिसी परियोजना कार्यान्वयन, आर्थिक लाभलगायत विषयमा छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap