स्थानीय तह निर्वाचनका लागि दश हजार बढी म्यादी प्रहरीमा परिचालन


लेखक : सुन्दराञ्चल      बैशाख १४, २०७९ मा प्रकाशित     
स्थानीय तह निर्वाचनका लागि दश हजार बढी म्यादी प्रहरीमा परिचालन

धनगढी, १४ वैशाख ।  स्थानिय निर्वाचनमा वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सुदूरपश्चिममा दश हजार बढीलाई म्यादी प्रहरीमा परिचालन गरिने छ ।

म्यादी प्रहरीलाई सकारले हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ । यहाँका नौ जिल्लाबाट गरी दश हजार एक सय ६१ जनालाई म्यादी प्रहरीमा परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रदेशमा म्यादी प्रहरीका लागि २९ हजार ७१४ जनाले आवेदन दिएका थिए ।

भने प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार सातै प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।

म्यादी प्रहरीले २०७८ चैत २७ मा नियुक्ति पत्र लिएका हुन् । स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म म्यादीलाई सुरक्षामा परिचालन गर्ने प्रहरीको योजना छ । ४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले प्रहरी जवानसरह तलब र रासन बापत थप ७ हजार रुपैयाँ पाउँछन् ।

चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपैयाँ तलब पाउँछन् । रासन बापत उनीहरूलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरूले ६ हजार रुपैयाँ बराबरको लत्ता कपडा र एक हजार रुपैयाँ गाडी भाडाका लागि पाउँछन् । दुईजोर चुस्ता, दुईजोर जुत्ता, मोजा, झुल र स्लिपङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap