कार्बोहाइड्रेट चटक्कै छाड्दा गम्भीर रोगको जोखिम?


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०७९ मा प्रकाशित     
कार्बोहाइड्रेट चटक्कै छाड्दा गम्भीर रोगको जोखिम?

वैशाख १३  चामल खाँदै नखानुहोस्, आलु छुनै हुन्न ।’ यस्तै प्रचार गर्दै कतिपयले मोटोपन नियन्त्रण गर्ने सूत्र दिइरहेका छन् ।चामल र आलु कार्बोहाइड्रेटको प्रमुख स्रोत हुन् । कार्बोहाइड्रेटयुक्त खानेकुराले मोटोपन बढाउँछ भन्ने बुझाइ व्याप्त छ । यसैलाई शिरोधर गर्दै धेरैले आफ्नो खानाबाट धमाधम कार्बोहाइड्रेट कटौती गरिरहेका छन् ।

कतिले भनिरहेका छन्, ‘कार्बोहाइड्रेटयुक्त खानेकुरा छाडेपछि उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग समेत निको हुन्छ ।’ के वास्तवमै शरीरका लागि कार्बोहाइड्रेट जरुरी छैन ? कार्बोहाइड्रेटले शरीरमा के काम गर्छ ?

कार्बोहाइड्रेटले मोटोपन बढ्छ ?

कार्बोहाइडेट कार्बन हाइड्रोजन र अक्सिजन मिलेर बनेको पदार्थ हो । यो पोषक तत्वले शरीरमा ऊर्जा प्रदान गर्छ । शरीरको कुल उर्जाको ८० प्रतिशत भाग यसैबाट प्राप्त हुन्छ ।

त्यसैले कार्बोहाइड्रेट हाम्रो शरीरका लागि अत्यावश्यक छ । सामान्यता एउटा स्वस्थ मानिसको डाइट प्लान गर्दा ५० देखि ६० प्रतिशत कार्बोहाइड्रेट समावेश गरिन्छ । चामल, आलु, मकै, केरा आदि कार्बोहाइड्रेटको स्रोत हुन् ।

जब हामी यी खानेकुरा खान्छौं, त्यो शरीरमा पुगेपछि ग्लुकोजमा रुपान्तरण हुन्छ । ग्लुकोज बोसोको रुपमा संग्रहित हुन्छ । यही बोसो नै ऊर्जाको स्रोत हो । जब हामी शारीरिक वा मानसिक गतिविधि गर्छौं, बोसो उर्जामा रुपान्तरण हुन्छ ।

यदि हाम्रो शारीरिक गतिविधि भएन भने यो बोसो जमेर बस्छ । कालान्तरमा यही नै मोटोपनको समस्या बन्छ । त्यसैले कुनै पनि मानिसको शारीरिक अवस्था र उसले गर्ने कामको आधारमा उनको लागि कति कार्बोहाइड्रेट जरुरी हुन्छ भन्ने निर्धारण गर्न सकिन्छ । त्यसैले सही मात्रामा कार्बोहाइड्रेट लिन जरुरी छ ।

कार्बोहाइड्रेटले उच्च रक्तचाप र मधुमेह बढाउँछ ?

दैनिक कार्बोहाइड्रेट कति सेवन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । तपाईंको शरीरलाई ४० प्रतिशत मात्र कार्बोहाइड्रेट आवश्यक छ । यदि तपाईंले ६० देखि ७० प्रतिशत सेवन गर्नुभयो भने त्यो कार्बोहाइड्रेट ग्लुकोजमा परिवर्तन हुन्छ । सुगर लेबल बढ्छ । मधुमेह, उच्च रक्तचाप र मोटोपन जस्ता समस्या देखा पर्न सक्छ ।

कार्बोहाइड्रेट चटक्कै छाड्दा के हुन्छ ?

कुनै व्यक्तिको लागि ५ प्रतिशत कार्बोहाइड्रेट आवश्यक छ । तर तपाईंले दुई प्रतिशत मात्र कार्बोहाइड्रेट सेवन गर्नुभयो भने त्यो शरीरको लागि कम हुन सक्छ । शरीरमा विभिन्न समस्याहरू देखिन सक्छ । आहारमा कार्बोहाइड्रेट समावेश नगर्दा डिमेन्सिया, एन्जाइटी, कमजोरी र डिप्रेसन जस्ता समस्या देखिन सक्छ ।

शरीरका लागि कार्बोहाइड्रेट कति मात्रामा आवश्यक हुन्छ ?

शरीरको लागि सामान्यतया ५० देखि ६० प्रतिशत कार्बोहाइड्रेट आवश्यक हुन्छ । तर शरीरको आवश्यकता अनुसार विभिन्न व्यक्तिमा कार्बोहाइड्रेटको मात्रा फरक पर्न सक्छ । शारीरिक रूपमा गरिने काम जस्तै भारी बोक्ने व्यक्तिलाई ६० प्रतिशत कार्बोहाइड्रेट आवश्यक पर्छ भने शारीरिक काम नगर्ने अर्थात् दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई ४० प्रतिशत कार्बोहाइड्रेटले नै पुग्छ ।

कार्बोहाइड्रेटको मुख्य स्रोत

कार्बोहाइड्रेट विशेषगरी दूध, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, जौ, गहुँ, मकै, कोदो,  चिनी, आलु, चामल, उखु, चुकन्दर, खजुर र केरा जस्ता अन्न तथा फलफूलमा पाइन्छ । चिनी र गुडमा पनि कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ ।

चामल, आलु खान छाड्दा मोटोपन घट्छ ?

कार्बोहाइड्रेटका फाइदाका साथै केही बेफाइदा पनि छन्, त्यसैले शारीरिक आवश्यकता अनुसार कार्बोहाइड्रेट लिनु जरुरी हुन्छ । कतिपयले मोटाइन्छ भनेर चामल, आलु जस्ता कार्बोहाइड्रेटयुक्त खानेकुरा छाड्ने गर्छन् । कसैले चामल खान छाडेर जौ खान्छन् । तर जौ मा पनि कार्बोहाइड्रेट त हुन्छ ।

चामल र  आलु खान छाड्दैमा मोटोपना घट्छ भन्ने होइन । कतिपय अवस्थामा मधुमेहको बिरामीले आलु खान छाडेका हुन्छन् । तर दूधजन्य पदार्थ प्रशस्त मात्रामा खाइरहेका हुन्छन् ।  त्यसैले चामल तथा आलु खान छाड्दैमा मोटोपना कम हुँदैन । कार्बोहाइड्रेटयुक्त खानेकुरा छाड्दा बरु कमजोरी, एन्जाइटी, डिप्रेसन, मुड स्विङ जस्ता असर देखिन्छ ।

किटो डाइटको दीर्घकालीन असर

किटो डाइट होस् वा इन्टरमिटेन्ट फास्टिङ, यसले छिटो प्रभाव त देखाउँछ, तर पछि शरीरमा नकारात्मक असर निम्त्याउने जोखिम हुन्छ । शरीरलाई चाहिने जति पोषण पनि नपुग्न सक्छ । सबैलाई किटो डाइटले राम्रो गर्छ भन्ने पनि छैन । त्यसैले किटो डाइट वा इन्टरमिटेन्ट फास्टिङ भन्दा पनि सन्तुलित आहारमा ध्यान दिनुपर्छ । किटो डाइट गर्नु भन्दा पनि सन्तुलित आहारमा ध्यान दिनु बढी महत्त्वपूर्ण हुन्छ । सन्तुलित आहारको सेवन गर्दा पनि मोटोपना बढ्छ भने मात्र अन्य डाइटतर्फ लाग्नुपर्छ ।

किटो डाइट खासगरी अल्जाइमरको बिरामीको लागि बनाइएको हो । यसले तौल नियन्त्रणमा पनि मद्दत गर्छ । तर सबैलाई किटो डाइटले फाइदा गर्छ भन्ने छैन । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap