डडेल्धुराको पर्शुराम नगरपालिकामा २८ वर्षीय भरत जाेशी कांग्रेसबाट मेयरका लागि चुनाव लड्दै


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०७९ मा प्रकाशित     
डडेल्धुराको पर्शुराम नगरपालिकामा २८ वर्षीय भरत जाेशी कांग्रेसबाट  मेयरका लागि चुनाव लड्दै

वैशाख १३, डडेल्धुराको पर्शुराम नगरपालिकामा मेयरमा चुनाव लड्न तीन जनाको उम्मेदवारी दर्ता भएको छ।कतिपय स्थानीय तहमा सत्तारूढ गठबन्धनले तालमेल गरेर चुनावी लड्ने भए पनि यहाँ भने कांग्रेस, एमाले, माओवादीले एक्लाएक्लै चुनाव लड्ने भएका हुन्।

कांग्रेसको १४ औं महाधिवेशनम नगरपालिकामा सभापति जितेका २८ वर्षीय भरत जोशीले यसपटक मेयरका लागि चुनाव लड्न उम्मेदवारी दर्ता गरेका छन्।वायुमण्डलीय भौतिक शास्त्रमा मास्टर्स गरेका जोशीले राजनीतिको पुरानो ढर्रालाई परिवर्तन गरेर युवाले देश हाँक्न सन्देश दिन उनी यसपटक चुनाव लड्न तयार भएको बताउँछन्।

‘अहिलेका युवाहरूमा राजनीतिप्रति वितृष्णा भयो, राजनीतिमा त को लाग्छ भन्ने गरेको पनि सुनिन्छ। म प्रस्ट के भन्छु भने अहिलेसम्म अरू परिवर्तन भए, अब हामीले राजनीतिलाई नै परिवर्तन गर्ने हो, त्यही सन्देश दिन म चुनाव लड्दैछु,’ उनले भने।

उनीसँगै अघिल्लो चुनावमा नगरपालिका-७ नम्बर वडामा चुनाव जितेका एमालेका केशव बोहरा पनि मेयरका लागि चुनाव लड्ने भएका छन्। यस्तै, अघिल्लो चुनावमा मेयरमा पराजित भएका माओवादीका शेरसिंह मालले पनि नगरप्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap