अध्यक्ष ओलीले ३ करोड नेपालीमा डेढ करोड एमालेमै रहेको दाबी


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०७९ मा प्रकाशित     
अध्यक्ष ओलीले ३ करोड नेपालीमा डेढ करोड एमालेमै रहेको दाबी

काठमाडौँ, १३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको जनसंख्यामध्ये आधा एमालेमा रहेको दाबी गरेका छन्। मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ३ करोड नेपालीमा डेढ करोड एमालेमै रहेको दाबी गरेका हुन्।

‘देशभरी यत्रो पार्टी सञ्चालन गर्दा यति धेरै मान्छे मिल्दै जाँदा, तीन करोड भनेको नेपालीमा डेढ करोड नेपाली त एमाले छन्, कम्तीमा,’ ओलीले थपे, ‘जब, सिंगो जनसंख्याको आधा हामीसँग छ भने त्यसलाई परिचालन गर्ने दायित्व पनि छ।’

ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई आवेशमा आएर संयमता नगुमाउन अनुरोध गरेका छन्। ‘हाम्रै नेता, साथीहरु आवेश गुमाउने हो भने, संयमता गुमाउने हो भने, त्यसले हामीलाई कहाँ पुर्‍याउँछरु’ उनले भने।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap