बिर्सने बानी भनेकै नयाँ कुरा सिक्ने प्रक्रिया हो,


लेखक : सुन्दराञ्चल      बैशाख ९, २०७९ मा प्रकाशित     
बिर्सने बानी भनेकै नयाँ कुरा सिक्ने प्रक्रिया हो,

काठमाडौं वैशाख ९ । दैनिक जीवनमा प्रयोग हुने स–साना कुराहरु हामी बिर्सिरहेका हुन्छौं । जस्तै, चाबी राखेको ठाउँ बिर्सिनु, सानो कागजको टुक्रा बिर्सिनु, मोबाइलमा रिचार्ज गर्न बिर्सिनु आदि ।

तपाईंलाई बिर्सिने बानी छ भने चिन्ता नलिनुहोस् । वैज्ञानिकले युवावस्थामा बिर्सिने बानीलार्ई  समस्या नमान्न भनेका छन् । उनीहरुका अनुसार बिर्सिनु नयाँ कुरा सिक्ने प्रक्रिया हो ।

बिर्सिनुले महत्वपूर्ण जानकारीसम्म पुर्‍याउन मद्दत गर्ने बताइन्छ ।डब्लिनको ट्रिनिटी कलेज र क्यानडाको टोरन्टो विश्वविद्यालयको अगुवाइमा भएको अध्ययन अनुसार बिर्सिएका कुरा मान्छेले दोस्रो पटक नसम्झिने भन्ने नहुने देखिएको छ । उनीहरुले ती बिर्सिएका कुराहरु मस्तिष्कसम्म पुग्न मात्रै नपाउने बताएका छन् ।

मस्तिष्कको भण्डारण क्षमता

हामीले के बिर्सिने ? के गर्ने वा नगर्ने ?
भन्ने कुरा मस्तिष्कले नै तय गर्ने शोधकर्ताको दाबी छ ।केही स्थायी यादहरु स्नायुको तन्तुमा जम्मा हुने भएकाले ती अवचेतनका रुपमा मनमा रहन्छन् । जसका कारण मान्छेले ती कुरा कहिल्यै बिर्सिन सक्दैन । हाम्रा लागि के कुरा जरुरी छ, कुन याद आवश्यक छ भन्ने कुरा दिमागले नै निर्धारण गर्ने भएकाले उसले नै याद जम्मा गर्ने र हटाउने काम गर्ने शोधकर्ताले दाबी गरेका छन् ।

जिन्दगीमा हामीले अनेकौं यादहरु बनाउँछौं । तर तीमध्ये केही मात्रै सम्झनामा रहन्छन् । समयसँगै याद पनि विलिन हुँदै जाने आम धारणा छ । तर विज्ञहरुले यसलाई मस्तिष्कको भण्डारण गर्ने कारण बताइरहेका छन् । जसले काम नलाग्ने कुराहरुलाई बिर्सिन मद्दत गर्छ ।

ट्रिनिटी कलेजका स्नायु विज्ञ टामस रायन र टोरन्टो विश्वविद्यालयका पल फ्रयाङ्कल्याण्डले अल्जाइमरका बिरामीको कुरा भने फरक रहेको बताएका छन् । आम मानिसका लागि बिर्सिनु फाइदाजनक हुन सक्ने शोधकर्ताको तर्क छ ।

बिर्सिने बानीले व्यवहार लचिलो बनाउने र राम्रा निर्णय लिन सहयोग गर्ने उनीहरुले बताएका छन् । अध्ययन अनुसार बिरामीका कारण बिर्सिएका याद सम्झिने बनाउन सकिन्छ । तर अल्जाइमरका बिरामीलाई भने यो सम्भव हुँदैन ।

याद बसिरहनु र पुनः सम्झना हुनु ‘एनग्राम सेल्स’मा निर्भर

‘यादहरु स्नायुको तन्तुमा जम्मा हुन्छन् । जसलाई एनग्राम सेल्स भनिन्छ । याद बनिरहनु वा फिर्ता आउनु यिनै तन्तु पुनः सक्रिय हुँदा हुन्छ,’ डा. रायनले भनेका छन् ।

एनग्राम सेल्स सक्रिय नभएपनि मान्छे बिर्सिन थाल्छ । ‘यादहरु बाकसभित्र जम्मा भएका गहना जस्तै हुन् । जुन बाकस खोल्ने चाबी वा कोड हामीसँग हुँदैन । यादहरु फर्किने पनि यसैको कारण हो,’ उनले भनेका छन् अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap