२०६४ सालको स्थितिमा ल्याउने कुन्दनको घोषणा माओवादी केन्द्रलाई


लेखक : सुन्दराञ्चल      बैशाख ८, २०७९ मा प्रकाशित     
२०६४ सालको स्थितिमा ल्याउने कुन्दनको घोषणा माओवादी केन्द्रलाई

कैलाली बैशाख ८ जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन)ले माओवादी केन्द्रमा फर्कदै पार्टीलाई २०६४ सालको स्थितिमा ल्याउने बताएका छन । माओवादीमा पुनः फर्केको घोषणा गर्दै उनले बाबुराम भट्टराई नेतृत्वको पार्टीलाई परित्याग गरी माओवादी केन्द्रलाई एक बनाउन फर्केको बताएका हुन ।

बिहीबार गौरीगंगा नगरपालिकामा पार्टी ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै टुटेफूटेमा कम्युनिष्टहरू एक हुनुपर्ने बताए । उनले कम्युनिष्टहरू एक नभए प्रतिक्रियावादीहरुले खेल्ने मौका पाउने बताए । उनले जसपमा रहदा आफुले बाबुरामलाई कम्यूनिष्ट पार्टीमा एकता हुन आग्रह गरेको बताउँदै ‘भट्टराईले नमानेपछि मैले उहाँको पार्टी छोड्ने निर्णय गरेको हुँ ।’

कुन्दसँगै एक हजार छ सय ५१ जना पार्टीमा ध्रुवीकरण गरेको बताए । उनले भने –‘माओवादी सकिएको छ भन्ने गरिएको छ । माओवादी सकिएको छैन भन्ने सेती महाकालीले देखाउने छ ।’ कृष्ण चौधरीको राजनीतिक यात्रा माओवादी केन्द्रबाटै शुरु भएको थियो । २०६४ सालको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट उनी माओवादी केन्द्रबाट सांसदमा विजयी भएका थिए । माओवादी केन्द्रका अध्यक्ष र हाल जसपमा रहेको डाक्टर बाबुराम भट्टराईबीच टुटफुट हुँदा उनी भट्टराईसँगै लागेका थिए । भट्टराईले नयाँ शक्ति केन्द्र पार्टी दर्ता गरेपछि उनी सोही पार्टीमा गएका थिए ।रातोपाटी 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap