मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मी क्लबको हातमा,


लेखक : सुन्दराञ्चल      बैशाख ७, २०७९ मा प्रकाशित     
मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मी क्लबको हातमा,

धनगढी,वैशाख ७ । प्रथम सुदूरपश्चिम मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधवार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।

देशकै सर्वाधिक धनराशिको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ ।

उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुवै टोलीले ४–४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहराको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रमका विशिष्ट अतिथि सुप प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह रहेका थिए । कैलाली जिल्ला कबड्डी सङ्घका अध्यक्ष कमल पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap