रक्तचापका बिरामीले दही खान मिल्छकी मिल्दैन,


लेखक : सुन्दराञ्चल      बैशाख ६, २०७९ मा प्रकाशित     
रक्तचापका बिरामीले दही खान मिल्छकी मिल्दैन,

काठमाडौं  वैशाख ६   । व्यस्त जीवनशैली, मानसिक तनाव र कम शारीरिक गतिविधिका कारण पछिल्लो समय उच्च रक्तचापका बिरामी बढिरहेका छन् । उच्च रक्तचापका कारण मस्तिष्कघात, प्यारालाइसिस र निद्रा नलाग्ने जस्ता समस्या आउन सक्छन् । यसकै कारण हृदयघात समेत हुनसक्छ ।

यसको समस्याबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचापको समस्या कम गर्न खानेकुरामा पनि ध्यान दिनुपर्छ । धेरैजसो उच्च रक्तचापका बिरामी दही खान रुचाउँदैनन् । दहीले रक्तचापलाई अझ बढाउने उनीहरुमा भ्रम देखिन्छ ।

तर चिकित्सकहरु भने दहीले उच्च रक्तचापका बिरामीका लागि दही फाइदाजनक रहेको बताउँछन् । दहीमा क्याल्सियम, आइरन, पोटासियम, भिटामिन बी र म्याग्नेसियम जस्ता पोषक तत्व पाइने भएकाले उच्च रक्तचाप नियन्त्रण गर्न यसले मद्दत गर्ने उनीहरुको भनाइ छ ।

दहीमा पाइने म्याग्नेसियमलाई पनि स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक मानिन्छ । यसमा पाइने क्याल्सियमले मांसपेशीको बलियो बनाउँछ भने हड्डीसम्बन्धी समस्यालाई कम गर्न सहयोग गर्छ । यसको प्रयोगले मुटुसँग सम्बन्धित समस्यालाई पनि फाइदा गर्छ ।

दहीको प्रोबायोटिक गुण स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीमा सुधार ल्याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको सेवनले ताजापनको पनि महसुस हुन्छ ।

दहीलाई प्रोट्रिनले भरिपूर्ण खाद्य पदार्थका रुपमा लिइन्छ । यसले आन्द्रालाई पनि स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । महीले पनि उच्च रक्तचापको समस्यालाई नियन्त्रण तथा कम गर्न सहयोग गर्छ ।

दही यसकारण फाइदाजनक

दही सेवनले पाचन प्रणालीलाई फाइदा पुर्‍याउँछ । पेट खराब हुँदा दही खाए निको हुन्छ ।  दहीलाई सन्तुलित स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । यसको सेवनले शान्त बनाउने काम गर्छ भने तौल नियन्त्रणमा पनि सहयोग पुर्‍याउँछ । दहीलाई छालाको लागि पनि महत्वपूर्ण मानिन्छ ।

दहीलाई रातमा नभई सकेसम्म दिउँसो सेवन गर्नुपर्छ । राति दही खाँदा रुघाखोकी लाग्न सक्छ । साससम्बन्धी समस्या भएका बिरामीले भने राति कहिल्यै पनि दही सेवन गर्नुहुँदैन ।

तर फ्याट भएको दहीले भने मुटुमा केही असर पार्न सक्ने मुटुरोग विशेषज्ञ डा. हरिहर दाहाल बताउँछन् । यद्यपि यसमा विस्तृत अध्ययन हुन बाँकी नै रहेको उनको भनाइ छ । समग्रमा दही स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक रहेको र माइग्रेन तथा ग्यास्टिकको समस्या भएका व्यक्तिले सेवन गर्न नहुने उनी बताउँछन् ।

‘दहीले माइग्रेन र ग्यास्टिकको समस्या भएकालाई हानि गर्छ, तर मुटुमा भने यही नै असर गर्छ भनेर भन्न सकिंदैन,’ डा. खनाल भन्छन्, ‘फ्याट नभएको दहीले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । दहीले पाचन प्रणालीलाई मजबुत बनाउनुका साथै गर्मीमा पनि लाभदायक हुन्छ ।’अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap