नेपालका कतिपय स्थानमा केही दिनयता बढ्दो गर्मीका कारण जनजीवन प्रभावित


लेखक : सुन्दराञ्चल      बैशाख ५, २०७९ मा प्रकाशित     
नेपालका कतिपय स्थानमा केही दिनयता बढ्दो गर्मीका कारण जनजीवन प्रभावित

नेपालका कतिपय स्थानमा केही दिनयता बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बन्न थालेको छ।

वैशाख ५  प्रचण्ड गर्मीका कारण खासगरी दिउँसोतिर हिँड्डुललगायत घरबाहिरका गतिविधिमा असर परिरहेको मानिसहरूले बताएका छन्।

भारतको मौसम विज्ञान विभागले नेपालसँग सीमा जोडिएका बिहार, उत्तर प्रदेश र पश्चिम बङ्गाल लगायतका राज्यमा आगामी केही दिनसम्म ‘हिट वेभ’ अर्थात्‌ तातो हावा चल्ने चेतावनी जारी गरिसकेको छ।

नेपालमा चाहिँ तातो हावाको अवस्थाबारे विश्लेषण भइरहेको जल तथा मौसम विज्ञान विभागस्थित जलवायु विश्लेषण शाखाले जनाएको छ।

मौसमविद्‌ के भन्छन्?

नेपालमा मार्च, एप्रिल र मे गरी तीन महिनाको अवधिलाई ‘प्री-मनसुन’ भन्ने गरिएको छ।

जलवायु विश्लेषण शाखा प्रमुख इन्दिरा कँडेलका अनुसार पछिल्ला दिनमा नेपालका धेरैजसो मौसम केन्द्रमा सरदरभन्दा बढी तापक्रम मापन गरिएको छ।

कुनै पनि स्थानको सरदर तापक्रम भनेको सो ठाउँको ३० वर्ष अवधिको औसत तापक्रम भन्ने बुझिन्छ।

“हामीकहाँ पनि कतिपय स्थानमा माइल्ड (सामान्य) र कतिपय स्थानमा मोडेरेट (मध्यम) हिट वेभ देखिएको छ,” कँडेलले बीबीसीसँग भनिन्।

“मुख्यता पूर्वी तराईका जिल्ला यस्तो देखिएको छ। यद्यपि यो पुष्टिकै चरणमा छ।”

कँडेलका अनुसार एकातर्फ तापक्रम बढ्ने क्रममा देखिएको छ भने अर्कोतर्फ सरदरभन्दा कम पानी परिरहेको अवस्था छ।

खासगरी लुम्बिनी प्रदेशका र पश्चिम तराईका जिल्लामा आगामी तीन दिनसम्म तापक्रम बढ्ने क्रम जारी रहने प्रक्षेपण गरिएको मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद्‌ राजु प्रधानाङ्गले बताए।

उनका अनुसार आइतवार नेपालगन्ज, धनगढी, भैरहवालगायत केही स्थानमा औसतभन्दा बढी तापक्रम मापन गरिएको थियो।

आइतवार अपराह्न भैरहवामा अधिकतम तापक्रम ४०.४ डिग्री सेल्सियम मापन गरिएको थियो भने धनगढीमा ३८.९ र जनकपुरमा ३८.८ डिग्री सेल्सियम मापन गरिएको थियो।

“यी ठाउँहरूमा मापन गरिएको अधिकतम तापक्रम औसतभन्दा माथि हो,” प्रधानाङ्गले बीबीसीसँग भने।

पानी

तस्बिर स्रोत,PA MEDIA

तातो हावाबाट के हुन्छ?

तातो हावा वा लूको असर जुनसुकै उमेर समूहलाई हुन सक्ने र अझ बालबालिका तथा वृद्धवृद्धालाई बढी असर पर्ने चिकित्सकहरू बताउँछन्।

कोसी अस्पतालस्थित वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलका अनुसार तातो हावाले मुख्यतया डिहाइड्रेट अर्थात्‌ शरीरमा पानी/इलेकस्ट्रोलाइटको मात्रा कम गराउँछ।

“तातो हावाको प्रभावमा जति धेरै परिन्छ उति धेरै डीहाइड्रेशन र शरीरमा इलेकस्ट्रोलाइटको असन्तुलन हुने सम्भावना हुन्छ। त्यो भएर मान्छे थकान महसुस गर्ने हुँदै जान्छ,” उनले थपे।

“कति समयसम्म तातोमा परियो भन्ने कुरामा त्यसको असर निर्भर गर्छ।”

डा. सिग्देलका अनुसार तातो हावाको प्रभावमा परेपछि मानिसलाई चक्कर आउने, रक्तचाप घट्ने लगायतका लक्षण देखिन सक्छ।

तातो हावाबाट कसरी जोगिने?

तराई र चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको भन्दै गर्मीको असरबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपील गरेको छ।

निम्न कुरामा ध्यान दिए तातो हावाको असरबाट जोगिन सकिने चिकित्सकहरू बताउँछन्-

  • प्रचण्ड घाम लागेको बेला सकेसम्म घरबाहिर ननिस्के
  • काम परेर घरबाहिर निस्किनै परेमा छाता ओढेर जाने
  • सकेसम्म शीतलमा बस्ने
  • पर्याप्त मात्रामा पानी, जुसलगायत झोल पदार्थ खाने
  • पानीमा ओआरएस (ओरल रिडिहाइड्रेशन सल्ट) थप्ने
भिडिओ क्याप्शन सुरु हुँदैछ,जलवायु परिवर्तनको बृहत् तस्बिर र त्यसको नेपालमा प्रभाव बि बि सी नेपाली

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap