त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम थपिने


लेखक : सुन्दराञ्चल      बैशाख ५, २०७९ मा प्रकाशित     
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  राष्ट्रिय वाणिज्य बैंकको एटिएम थपिने

काठमाडौं वैशाख ५, अनअराइभल भिसामा नेपाल आउने विदेशीहरूका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम थपिने भएको छ।

प्राविधिकहरूमार्फत आजै विमानस्थलको अनअराइभल कक्षमा एटिएम मेसिन जडान हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

‘यहाँ प्रभु बैंकको एउटा एटिएम मेसिन मात्रै थियो। बीचमा यो मेसिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आयो। भिसा कार्ड त रिड गरिरहेको थियो। त्यो पनि रिड गर्न छाडेपछि कार्यालयले सूचना निकालेको हो, अब हामी त्यहाँ वाणिज्य बैंकको एटिएम मेसिन पनि थप्छौं,’ सिटौलाले  भने।

समस्या समाधानका लागि एटिएम, भिसासँगै पेमेन्ट गेटवेमा अरू माध्यम पनि थप गरिने उनले बताए। प्रस्थान कक्षमा पनि राष्ट्रिय वाणिज्य बैंकको एटिएम राखिने उनले बताए।

विमानस्थलमा विद्युतीय भुक्तानी प्रणालीमा समस्या देखिएपछि विमानस्थलको अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै पर्यटकहरूलाई साथमा दुई सय डलर बोक्न आग्रह गरेको छ। हाल विमानस्थलमा एउटा मात्रै एटिएम मेसिन छ। मास्टर तथा भिसा कार्ड रिड गर्ने उक्त मेसिन नचलेकाले विदेशीहरूलाई नगद बोक्न आग्रह गरेको कार्यालयले बताएको थियो।

धेरै भिडभाड तथा प्राविधिक समस्याका कारण रकम ननिस्कने समस्या देखिएपछि नगद बोक्न आग्रह गर्दै कार्यालयले सूचना निकालेको कार्यालय प्रमुख पुष्पराज शाही बताउँछन्। उनका अनुसार हाल अनअराइभल कक्षमा प्रभु बैंकको एउटा मेसिन छ। त्यो मेसिनले एक वर्षयता काम नगरेकाले समस्या देखिएपछि बाध्य भएर सूचना नै निकाल्नुपरेको उनले बताए।

कोरोनाका कारण थलिएर भर्खरै विदेशी पर्यटक आउन थालेको बेला कार्यालयले त्यस्तो सूचना जारी गरेपछि आलोचना भएको थियो।

देशको अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय भुक्तानी प्रणाली व्यवस्थित नहुनु त्यसमाथि समस्या आउँदा सहजीकरण गर्नुको सट्टा विदेशीलाई नगदै बोकेर आउन आग्रह गर्नु लज्जास्पद भएको भन्दै आलोचना भएको हो।

चौतर्फी आलोचनापछि विमानस्थलले सुधारका लागि तयारी गरेको हो।

उता प्रभु बैंकले भने मेसिनमा लामो समयदेखि निरन्तर समस्या नभएको दाबी गरेको छ। कहिलेकाहीँ प्राविधिक समस्या आउने र त्यसमा बैंकको प्राविधिक टिमले काम गरिरहेको बैंकका एटिएम शाखा प्रमुख ऋषि न्यौपाने बताए।

‘एक वर्षदेखि बिग्रेको भनिएको छ, त्यस्तो समस्या छैन। हामी पनि सेवा दिन बसेका हौं। सकेसम्म सेवा सहज होस् भनेर काम गरिरहेका छौं। मेसिनरी सामान हो कहिलेकाहीँ त प्राविधिक समस्या भइहाल्छ,’ उनले सेतोपाटीसँग भने। सेतोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap