मालिका –३दुर्गम रहेन म्याग्दीको पात्ले गाउँ


लेखक : सुन्दराञ्चल      बैशाख ४, २०७९ मा प्रकाशित     
मालिका –३दुर्गम रहेन म्याग्दीको पात्ले गाउँ

म्‍याग्दी ४ वैशाख, । मालिका गाउँपालिका–३ पात्लेका भीमबहादुर रोका आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेका छन् । ‘यातायात सुविधाले सुगम बन्न थालेको महशुस गरेका छौं, उनले भने, ‘कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न पाउँदा दङ्ग परेका छौँ ।’

खच्चर र भरियाबाट सामान ढुवानी गर्दै आएका रोकाले गाडी र ट्याक्टर चल्न थालेपछि भाडा सस्तिएको बताए ।  आवतजावत सहज हुनाका साथै बिरामी पर्दा अस्पताल जान, कृषि र पशुजन्य बस्तुलाई बजार पठाउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको पात्लेका धनबहादुर रोकाले बताए ।

‘पैदल हिडेर पात्लेबाट दरवाङ पुग्न तीन घण्टा लाग्दथ्यो’, उनले भने, ‘गाडीबाट ओखरबोटको घुमाउरो बाटोबाट जाँदा दुई घण्टा र डाडागाउँ–औलको छोटो बाटो प्रयोग गर्दा डेढ घण्टामा दरवाङ पुगिन्छ ।’

एक सय घरधुरी रहेको पात्ले मात्र नभएर मालिका–३ का सबै बस्तीमा पुगेको सडकले दुर्गम गाउँका बासिन्दालाई सुगमको अनुभव गराएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने साविक रुम गाविसमा समेटिएको सो वडाको कुनै पनि बस्तीमा पाँच वर्षअघि सडक यातायातको सुविधा थिएन् ।

मालिका–३ का वडा अध्यक्ष हेमबहादुर पुनले पाँच वर्षको अवधिमा सबै बस्तीमा सडक सञ्जाल पुगेको बताए । उनले भने, ‘गाउँपालिकाको केन्द्र जोड्ने मुख्यका साथै छिमेकी २ र ४ नम्बर वडासँग पनि सडक सम्बन्ध स्थापित भएको छ ।’

अदिभारा हुँदै औलागाउँमा पुगेको सडकलाई आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिकाले बिनियोजन गरेको रु ३५ लाख बजेटबाट डाडागाउँ–किटिनी हुँदै सोलेडाडासम्म विस्तार भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा विनियोजन भएको रु २५ लाख बजेटले किटिनी हुँदै लुसीपार, आर्थिक वर्ष २०७६/७६ मा रु ३० लाख बजेटबाट लुसीपार–पात्ले, २०७७/०७८ मा रु ११ लाख बजेटबाट पात्लेबाट खापुक टोलमा सडक पुर्‍याइएको थियो ।

चालु आर्थिक वर्षमा रु ३५ लाख बजेटबाट पात्लेदेखि सोलीखोला हुँदै वडा नं २ को बेली गाउँलाई सडकले जोडिएको वडा अध्यक्ष पुनले बताए । पात्ले–बेली जोड्ने करिब पाँच किलोमिटर सडक निर्माण भएपछि गाउँपालिकाले परिकल्पना गरेको ‘मालिका चक्रपथ’को सबै मार्ग खुलेको छ ।

औल, इग्रे, खटेन, डाडागाउँ, किटिनी, लुप्सीपार, पात्ले र खापुक बस्ती भएको मालिका–३ मा ५०० घरधुरी छन् । औला र इग्रेमा यसअघि पुगेको सडकलाई स्तरोन्नति गरेर यातायात सञ्चालन गरिएको हो भने अन्य बस्तीमा नयाँ मार्ग खोलेर सडक पुर्‍याइएको हो ।

वडा अध्यक्ष पुनका अनुसार सबै बस्ती जोड्ने करिब २५ किलोमिटर सडक बनेको छ । वडाका सबै बस्तीमा केन्द्रिय लाइन विस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ । किटिनीमा वडाको पक्की भवन निर्माण अन्तिम चरणमा रहेको वडा अध्यक्ष पुनले बताए । रासस

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap