कन्चञनपुरमा ९५ औं अर्चनाबाबा शिव साधना आज देखी सुरु,


लेखक : सुन्दराञ्चल      चैत्र २५, २०७८ मा प्रकाशित     
कन्चञनपुरमा ९५ औं अर्चनाबाबा शिव साधना आज देखी सुरु,

कञ्चनपुर, चैत २५   । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको लालझाडी गाउ“पालिका वडा नम्बर २ कञ्जमा श्री बैजनाथ अर्चना बाबा धाममा ९५ औं ंअर्चनाबाबा शिव साधना आज देखि सुरु हुने आयोजकले जनाएको छ ।

हत्या हिंसा त्यागौं सत्यको मार्ग पहिल्याऔं भन्ने मूल नाराका साथ १०८ औं श्री अर्चना बाबा शिव साधना मध्ये ९५ औं अर्चना बाबा शिव साधना करिब साढे २ वर्ष पछि यस परमपुजनीय परमात्मा श्री पिण्डेश्वर महादेव अर्धनारीश्वरी सद्गुरुदेव अर्चना बाबा बैद सनातन धर्म रक्षार्थ तथा जगत कल्याण एवं विश्वशान्तिका लागि यो शिव साधना गर्न लागेको हो ।No description available.यस अर्चना बाबा शिव साधना कार्यक्रममा श्रद्धय आदि जगत गुरु ओम बाबाको मुखार विन्दुबाट आत्मा परमात्मा, होम महिमा, भक्ति भजन, जगत जिवन, ध्यान जप, एवं प्रर्वचन हुने र सद्गुरुदेव श्री अर्चना बाबाको दर्शन,अर्शिवाद एवं शिव साधनामा सरिक हुनका लागि नेपालको कैलाली, कञ्चनपुर, बा“के, बर्दिया, दाङ, नवलपरासी, चितवन, सुर्खेत र काठमाण्ंडौ लगाएतका शम्भो भक्तजन, समाजसेवी,बुद्धिजिवीहरुको करिब २ हजार ५ सय भन्दा बढी भक्तजनहरुको उपस्थिति हुने आयोजकले जनाएको छ । No description available.यस कार्यक्रमलाई थप भव्य,सभ्य,रमाइलो एवं जगत जीवन जस्ता अध्यात्मिक ज्ञानको बारेमा प्रर्वचन एवं भक्ति भजनबाट भक्तजनहरुलाई रमाउने र झुमाउने शिव साधना कार्यक्रमको सुरुवात देखि लिएर कार्यक्रम विर्सजन सम्म अन्जली शम्भो र राजकुमार शम्भु लगाएत सम्पूर्ण शम्भो भक्तजनहरुको साथ सहयोग रहने आयोजकले बताए ।
९५ औं अर्चना बाबा शिव साधना कार्यक्रम चैत २५ गते देखि २९ गते सम्मका लागि विशेष आयोजक श्री अर्चना बाबा धाम

कञ्चनपुर जिल्ला समिति र श्री अर्चना बाबा धाम कैलाली जिल्ला समितिको आयोजनामा भइरहेको कार्यक्रमको कञ्चनपुर जिल्लाका अध्यक्ष श्री प्रेम चौधरीले जनकारी दिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap