एसिड आक्रमणमा परेकी महिलाको उपचारमा समस्या ,


लेखक : सुन्दराञ्चल      चैत्र २४, २०७८ मा प्रकाशित     
एसिड आक्रमणमा परेकी महिलाको उपचारमा समस्या ,

२४ चैत, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–२ बैरियाविर्ता घर भई बराको कलैया बस्दै आएकी २८ वर्षीया सीता भनिने कविता पटेल एसिड आक्रमणबाट घाइते छिन् । ११ चैतमा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल नजिकै उनीमाथि एसिड आक्रमण भएको थियो ।

जेठाजु रामबाबु साह र ससुरा हवारी साहले नचिनेका अरु दुई जना मानिसको सहयोगमा एसिड प्रहार गरेको आरोप उनले लगाएकी छन् । घटनाको दिन वीरगञ्जमा वकिलसँग भेटेर स्कुटरमा डेरा फर्कने समयमा उनीहरुले पिछा गरेको र घेरा हालेर एसिडले आक्रमण गरेको तथा गरगहना र नगद लुटेर लगेको आरोप उनको छ ।

प्रहरीले कविताका जेठाजु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ‘उनीहरु विरुद्ध एसिड आक्रमणको मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेका छौं’ उनले भने ।

उनीहरुले प्रहरीसमक्ष आफूहरुले एसिड आक्रमणमा संलग्नता नरहेको बयान दिएका छन् । ०७८ साउन २४ गते सीताले जगरनाथपुर गाउँपालिका–६ बस्ने २४ वर्षीय उमेश साह गोढसँग अदालती विवाह गरेकी थिइन् । विवाह भएको एक सातापछि देखि नै उनको परिवारसँगको सम्बन्धमा खटपट आएको थियो । भदौ २० गते श्रीमान उमेशले विवाह बदरको मुद्धा दिएका थिए । त्यसपछि उनले अंश, घरेलु हिंसा र ज्यान मार्ने उद्योग विरुद्धको मुद्धा दर्ता गरेकी छन् । उनीविरुद्ध झुटो विवरण पेश गरेर नागरिकता लिएको भन्दै मुद्धा पनि चलिरहेको छ ।

‘विवाह गरेपछि सुरुका दिन राम्रैसँग बित्यो, पछि बुवाआमाको कुरा सुनेर विवाह बदरको मुद्धा दिएको रहेछ’ उनले भनिन्, ‘त्यसपछि मैले पनि केस गरिदिएँ, कसरी हुन्छ मलाई बाटोबाट हटाउन उनीहरु लागेका छन् । ज्यान मार्ने धम्कीसमेत दिएका छन् ।’

एकातिर मुद्धा मामिला, अर्कोतिर एसिडले पोलेको घाउ । सीता जीवनकै कठिन परिस्थितिसँग जुधिरहेकी छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको सर्जिकल वार्डमा उनको उपचार चलिरहेको छ । तर आर्थिक अभावका कारण उनको उपचारमा समस्या भइरहेको छ । एसिड आक्रमणबाट शरीरको पछाडिको भागमा १८ प्रतिशत जलन देखिएको छ । छातीतर्फको भागमा पनि थोरै जलेको छ । नारायणी अस्पतालमा उपचार राम्रोसँग हुन नसकेको गुनासो उनको छ ।

‘शरीर ठीक बुझाइरहेको छैन, हिँड्न खोज्छु लडिहाल्छु । कहिले सास फेर्न गाह्रो हुन्छ, डाक्टरलाई भन्छु सुन्दैनन्’, उनले भनिन्, ‘राम्रो अस्पतालमा उपचारका लागि जाऔं पैसा छैन, भेट्न आउनेले दिएको दुई चार पैसाले औषधि उपचार गराइरहेको छु । जसको आमा बुवा छैन उसको जिउने अधिकार छैन ?’

आफ्नो उपचार राम्रोसँग होस र आफूलाई एसिड आक्रमण गर्नेहरु विरुद्ध कानुनी कारबही होस् भन्ने माग उनको छ ।

उनको उपचारमा अस्पतालमा रहेको ‘एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले’ सहयोग गरिरहेको नर्स अहेमा थापाले जानकारी दिइन् । ‘सुरुमा ओसीएमसीमा उनको बारेमा जानकारी नै थिएन, एक सातादेखि औषधिको व्यवस्था मिलाउनेदेखि आवश्यक सहयोग गरिरहेका छौं’, उनले भनिन् ‘थप उपचारका लागि काठमाडौं पठाउन सकिन्छ कि भनेर केन्द्रमा समन्वय पनि गररहेको छु ।’अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap