स्थानिय निर्वाचनमा कस्तो छ त तयारी साना पाटी को,


लेखक : सुन्दराञ्चल      चैत्र २३, २०७८ मा प्रकाशित     
स्थानिय निर्वाचनमा कस्तो छ त तयारी  साना पाटी को,

काठमाडौं   २३ चैत्र   स्थानीय तह निर्वाचन आउँन लगभग ३७ दिन बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दल तीव्र गतिमा तयारीमा जुटेका छन् ।

प्रमुख दलका नेता तथा कार्यकर्ता चुनावी अभियान लिएर गाउँ–गाउँमा पसेका छन् । चुनावी अभियान लिएर घर–घरमा नेता कार्यकर्ता पुग्न थालेपछि गाउँमा माहोल तातेको छ । गाउँ घरमा पार्टीका झण्डा टाँग्न थालेका छन् । पसल तथा होटेलमा कुन पालिकामा अध्यक्ष उपाध्यक्ष र नगरप्रमुख उपप्रमुख, वडाध्यक्षमा को टिकट पाउने भनेर गफ चल्न थालेको छ । चुनावी तालमेल, उम्मेदवार चयन, घोषणापत्र लेखनमा दलहरू व्यस्त छन् ।

विपक्षी पार्टीका नेता तथा कार्यकतालाई आ–आफ्नो पार्टीमा प्रवेश गराउन थालेका छन् । गाउँ–गाउँमा पार्टीका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । यस्तोमा साना दलहरू पनि चुनावको तयारीमा जुटेका छन् । यो पटकको स्थानीय निर्वाचनमा ७९ दलले सहभागी जनाउने भएका छन् ।

तीमध्ये अधिकांशले चुनाव चिन्ह पाइसकेका छन् भने केहीले पक्रिया नपुर्याएका कारण दलगत चुनाव चिन्ह पाएका छैनन् । यद्यपि चुनाव चिन्ह नपाए पनि दलका उम्मेदवारले पनि स्वतन्त्रको हैसियतमा व्यक्तिगत चुनाव चिन्ह पाउने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय राजनीतिमा सक्रिय राप्रपा नेपाल, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा, नेकपा माले, परिवार दललगायतका साना दलहरूले समेत स्थानीय निर्वाचन तयारी तीव्र बनाएका छन् ।

यस्ताे छ उनीहरूको तयारी ?

नेपाल मजदुर किसान पार्टी

भक्तपुरलाई केन्द्र बनाएर राजनीति गरिरहेको नेमकिपाकाे भक्तपुर, काभ्रे, काठमाण्डु, रुपन्देहीलगायत केही जिल्लामा बलियो पकड छ । तिनै स्थानमा केन्द्रीत रहेर उम्मेदवारी घोषणा गर्ने नेमकिपाले तयारी गरेकाे छ । २०७४ को स्थानीय निर्वाचनमा नेमकिपाले १ मेयर, एक उपमेयर र २२ वडाध्यक्ष जितेको थियो । नेमकिपाको चुनाव चिन्ह मादल हो ।

राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह हो गिलास । यो पार्टी बागलुङ, पर्वत, पोखरा, डोटीमा बलियो मानिन्छ । गिलास चुनाव चिन्ह लिएर देशका कुन–कुन ठाउँमा उम्मेदवारी दिने भन्नेबारे पार्टीभित्र छलफल भइरहेको अध्यक्ष चित्रबहादुर केसीले बताए ।

उनले आफ्नो पार्टीको पकड बलियो भएको स्थानमा नै बढी केन्द्रीत रहने र काठमाण्डु, चितवनजस्ता प्रमुख सहरमा पनि उम्मेदवारी दिनेबारे पार्टीमा छलफल भइरहेको बताए । २०७४ को स्थानीय निर्वाचनमा जनमोर्चाले ३ मेयर, ४ उपमेयर र ३३ वडाध्यक्ष जित्न सफल भएको थियो ।

विवेकशील साझा

२०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन विवेकशील पार्टी र साझा पार्टीका उम्मेदवारले काठमाण्डु, पोखराजस्ता सहरमा अप्रत्यासित मत ल्याएका थिए । पछि दुवै पार्टीले एकीकरण गरेर ‘विवेकशील साझा’ नाम राखे । उक्त पार्टी अहिले रविन्द्र मिश्र पक्ष र मिलन पाण्डे समूहको विवादमा फसेको छ ।

रविन्द्र मिश्रले २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीबाहिरका योग्य व्यक्तिलाई समेत तराजु चिह्नबाट प्रतिस्पर्धा गराउने जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् । त्यसका लागि नेपालभित्र रहेका र विदेशमा रहेका र गाउँमा आएर उम्मेदवार बन्न इच्छुक भए फर्म भर्न आग्रह गरिएको छ ।

यता मिलन पाण्डे पक्षले भने विचार मिल्ने समूहसँग मिलेर स्थानीय निर्वाचनमा जाने तयारी गरेको छ । तराजु चुनाव चिन्ह रविन्द्र मिश्रले दाबी गर्दै आएपछि पाण्डे पक्षले नयाँ समूह र नयाँ चुनाव चिन्ह लिएर स्थानीय निर्वाचनमा जाने बताएको छ ।

राप्रपा नेपाल

राजेन्द्र लिङ्देन पार्टी अध्यक्ष भएपछि असन्तुष्ट भएका नेता कमल थापाले दुई महिनाअघि देखि आफ्नो नेतृत्वमा राप्रपा नेपाल पुनर्गठन अभियान थालेका छन् । थापाले अहिले नेकपा एमालेसँग गठबन्धनका लागि संवाद गरिरहेका छन् ।

तत्कालीन राप्रपाले जितेका स्थानीय तह आफूलाई दिने सर्तमा राप्रपा नेपालले देशभरि एमालेलाई सघाउने प्रस्ताव राखेको छ । थापाको पार्टीले ७७ वटै जिल्लामा जिल्ला कमिटी बनाए पनि ३० वैशाखको स्थानीय तह निर्वाचनमा बलियो उम्मेदवारी दिने सक्ने अवस्था छैन ।

नेकपा संयुक्त

बाम घटक नेकपा संयुक्तले चुनाव चिन्ह पाएको छैन । पार्टीले स्थानीय निर्वाचनकै लागि भनेर त्यस्तो बृहत् तयारी नगरेको अध्यक्ष चन्द्रदेव जोशीले बताए । उनका अनुसार नेकपा संयुक्तका नेताहरू स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् ।

नेकपा माले

बाम घटक नेकपा मालेले यसपालिको स्थानीय निर्वाचनलाई आफ्नो एजेन्डा लैजाने माध्यम बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष सिपी मैनालीले निर्वाचनलाई प्रतिस्पर्धाको रूपमा भन्दा बढी पार्टीको विचार प्रवाह गर्ने माध्यमको रुपमा प्रयोग गर्ने योजना रहेको बताए ।

नेपाल परिवार दल

नेपाल परिवार दलले आगामी तीनै तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । २०७४ सालको निर्वाचनमा पनि ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग चुनावी सहकार्य गरेको थियो ।

पार्टी अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्भावित चुनावी तालमेलका विषयमा केही दिनअधि छलफल गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap