तेल खाँदा कस्तो फाइदा गर्छ स्वास्थ्य लाई, कि कमजोर ?


लेखक : सुन्दराञ्चल      चैत्र २२, २०७८ मा प्रकाशित     
तेल खाँदा कस्तो फाइदा गर्छ स्वास्थ्य लाई,   कि कमजोर ?

काठमाडौं चैत २२ । तेलविनाको भान्सा शायदै कल्पना गरिएला । तरकारी पकाउन, दाल झान्न, खानेकुरा तार्न, भुट्न तेलको नै प्रयोग गरिन्छ । यसरी हरेकपटक भान्सामा तेल प्रयोग हुन्छ ।

तेल स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छ भन्ने विषयमा आ-आफ्नै तर्क होलान् । तर सागसब्जीमा कम तेल राख्न र तारेका खानेकुरा सकेसम्म कम खान चिकित्सकहरुको सुझाव छ । बजारमा पाइने कतिपय तेल मिश्रणयुक्त तथा कमसल हुने भएकाले तेल प्रयोगका विषयमा सतर्क रहनुपर्ने उनीहरु बताउँछन् ।

तेलमा अधिक मात्रामा फ्याट हुन्छ । फ्याट शरीरका लागि आवश्यक हुने भएपनि तेलको अत्यधिक प्रयोगले स्वास्थ्यमा हानी पुर्‍याउने पोषणविद् डा. सञ्जय महर्जन बताउँछन् ।

‘पाँचदेखि सात प्रतिशतसम्म फ्याट भए त्यसले शरीरलाई इनर्जी प्राप्त हुन्छ । तर तेलको मात्रा बढी हुँदा स्वास्थ्यमा समस्या देखिन्छ,’ उनी भन्छन् । तेलमा सेचुरेटेड फ्याट, मोनोसेचुरेटेड फ्याट र पोलीअनसेचुरेटेड फ्याटीएसिड सामेल हुन्छ ।

फ्याट मानव शरीरका लागि आवश्यक भएपनि शरीरले धेरै पचाउन सक्दैन । शरीरमा बोसो धेरै जम्दा स्वास्थ्यमा अनेक समस्या देखिन थाल्छन् ।  महर्जन भन्छन्, ‘मानव स्वास्थ्यका लागि तेल हानिकारक नभई तेलको मात्रा र गुणस्तर हो । तेलले शरीरलाई भिटामिन ए, डी, ई र के पाइने हुँदा तेल आवश्यक छ ।’

पोषणविद् डा. उमा कोइराला तेल शरीरका लागि आवश्यक भएपनि तेलबारे समाजमा भ्रम रहेको बताउँछिन् । खानाको माध्यमबाट प्राप्त हुने क्यालोरी, कार्बोहाइड्रेड र प्रोट्रिन जस्ता तत्वलाई पचाउन चिल्लो पदार्थ चाहिने उनी बताउँछिन् । चिल्लो पदार्थको उपस्थितिमा मात्रै शरीरले यी तत्व सोस्न सक्छ ।

‘समाजमा चिल्लो पटक्कै खानुहुन्न भन्ने भ्रम रहेको छ । सही मात्रामा गुणस्तरीय तेल सेवनले स्वास्थ्यलाई फाइदा नै गर्छ,’ कोइराला भन्छिन् ।

चिल्लो पदार्थ तथा तेलजन्य कुराले खानालाई नरम, स्वादिलो, आकर्षक र सजिलै पच्न सक्ने बनाउने उनको भनाइ छ । मानव शरीरका लागि दैनिक करिब २० ग्राम चिल्लो पदार्थ आवश्यक पर्ने कोइराला बताउँछिन् ।

शरीरमा बोसो जम्ने भएपछि शारीरिक व्यायाम तथा कसरतको अभावमा यसले विभिन्न शारीरिक समस्या निम्त्याउने काम गर्छ ।

‘रिफाइन तथा मोडिफाइड तेल स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यस्तो तेलले शरीरको रि–जेनेरेसन क्यापासिटी घटाउँछ,’ डा. कोइराला भन्छिन् ।

स्वास्थ्यका लागि रिफाइन तथा मोडिफाइड गरेको तेल हानिकारक भएको उनको भनाइ छ । सकेसम्म शुद्धतोरीको तेल नभए प्रशोधन नगरिएको तेल खानुपर्ने उनले बताइन् ।

अहिले बजारमा आएका तेलहरु रिफाइन, प्रशोधित तथा कोलस्ट्रोलरहित भनेपनि सबै बजारीकरणको सूत्र भएको उनको तर्क छ । तारेको तेल स्वास्थ्यका लागि विषाक्त मानिने भएकाले प्रयोग नगर्न कोइराला सुझाउँछिन् ।

अनावश्यक चिल्लो पदार्थले मुटुसम्बन्धी समस्या पनि ल्याउन सक्ने चिकित्सक बताउँछन् । मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्य खराब चिल्लो पदार्थले मुटुरोग र उच्च रक्तचापको समस्या निम्त्याउने बताउँछन् ।

‘खराब चिल्लो पदार्थका कारण मुटुको धमनी बन्द हुन्छ, जसकारण हृदयघात हुने खतरा हुन्छ । बढी चिल्लो पदार्थ शरीरमा जमेपछि मस्तिष्क तथा हातखुट्टाका धमनी बन्द हुन्छन्, जसले ज्यानै पनि जान सक्छ,’ उनी भन्छन् ।

बढी चिल्लो तथा खराब चिल्लो पदार्थको अत्यधिक प्रयोगका कारण अहिले युवापुस्तामा हृदयघातको समस्या बढ्दै गएको छ । खराब चिल्लो पदार्थका बारेमा सर्वसाधारणमा चेतना जगाउन सकने केही हदसम्म हृदयघातबाट बच्न सकिने डा. वैद्य बताउँछन् ।

‘तेलबाट प्राप्त हुने भिटामिन ए, डी, ई र के को अभावमा शरीरले काम गर्न सक्दैन,’ उनी भन्छन्, ‘जाडो महिनामा नजम्ने र पातलो तेल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।’

खराब चिल्लोका कारण आउने समस्याबाट बच्न बजारका खानेकुराm वनस्पति घिउमा पकाएका खाना र डिपफ्राइ गरेका खानेकुराबाट टाढा रहनुपर्ने डा. वैद्यको सुझाव छ । मीठो खानेकुरामा स्वास्थ्य तथा मुटुलाई हानी गर्ने विषाक्त तत्व बढी हुन्छन् ।

बारम्बार तताएको तेल र धुँवा आइसकेको तेल स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यसबाट तर्क रहनुपर्छ ।

डा. वैद्य अगाडि भन्छन्, ‘खराब तथा बढी चिल्लो पदार्थले मुटुलाई कमजोर बनाउँछ । मुटु स्वस्थ राख्न गुणस्तरीय तेल खाऔं तेलको प्रयोग कम मात्रामा गरौं ।’अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap