काठमाडौं १७ चैत सत्तारुढ पाँच दलीय गठबन्धनको बालुवाटारमा बसेको बैठक सकिएको छ । यो बैठकमा पाँच दलका शीर्ष नेताले आगामि स्थानीय निर्वाचनमा गर्ने भनेको तालमेलका विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको भ्रमणका लागि निस्किँदै छन् । उनी प्रधानमन्त्री बनेपछि यो उनको पहिलो भारत भ्रमण हो । उनको भारत भ्रमणका अजेन्डाहरुमाथि पनि आजको गठबन्धनको बैठकमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तर, अहिलेसम्म प्रधानमन्त्रीको भारत भ्रमणका अजेन्डाहरु सार्वजनिक भएका छैनन् ।
आजको बैठकमा सत्तारुढ दलहरुले पछिल्लो राजनीतिक समसामयिक विषयमा पनि छलफल गरेका छन् ।