एक्लै चुनावमा लडने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताए ,अध्यक्ष केपी शर्मा ओली


लेखक : सुन्दराञ्चल      चैत्र १६, २०७८ मा प्रकाशित     
एक्लै चुनावमा लडने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताए ,अध्यक्ष केपी शर्मा ओली

भक्तपुर  १६ चैत्र  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लडने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताएका छन्। अध्यक्ष ओलीले एमालेसँग एक्लै लडन नसक्ने बुझेपछि सत्तारुढ दलहरु चुनावी गठबन्धन गर्न बाध्य भएको दावी समेत गरे।

पार्टीका नेता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईले भक्तपुरको सूर्यविनायकमा संचालनमा ल्याएको सूर्य विनायक हरित कृषि तथा थोक बजारको बुधबार उद्घाटन गर्दै उनले सो गठबन्धनले चुनावमा अप्ठयारो पार्छ कि भनेर नसोच्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

एमाले एक क्वीन्टल ढकजस्तो भएको उल्लेख गर्दै उनले एक/एक किलोको ढक रुपी पाँचदलीय गठबन्धनले आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न नसक्ने बुझाई सत्तारुढ गठबन्धनको ठिक भएको बताए। अध्यक्ष ओलीले आगामी निर्वाचनमा उनीहरुलाई गठबन्धन गरेर पनि एमालेलाई जित्न सकिदैंन भनेर देखाइदिने चेतावनी दिए।

उनले पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुलाई बच्चासँग तुलना गर्दै मिलेर आउँदा मात्रै लडन सजिलो हुने बताए। अन्यथा बच्चा भएकाले उनीहरुसँग आफ्नो पार्टीले निहुँरियर लडनुपर्ने अवस्था आउने ओलीको कटाक्ष थियो। अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लोपीपापीहरु भन्दै टिकाएर लैजान गाह्रो हुने बताए।

त्यही भएर उनीहरुले स्थानीय तह निर्वाचनको मनोनयन २ दिन गर्न निर्वाचन आयोगलाई बाध्य गराएको उनको बताए। अध्यक्ष ओलीले एमाले प्रवेश गरेका युवाहरुलाई विगतमा दुरुपयोग गरिएको तर आफ्नो पार्टीले सदूपयोग गरेर राष्ट्र निर्माणको अभियानमा संलग्न गराउने बताए। नागरिक

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap