पुरुषभन्दा महिला बढी मतदाता गोरखामा,


लेखक : सुन्दराञ्चल      चैत्र १५, २०७८ मा प्रकाशित     
पुरुषभन्दा महिला बढी मतदाता गोरखामा,

१५ चैत्र, गोरखा । जिल्लामा ४९ हजार ५ सय २० मतदाता थपिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ लाख १८ हजार ५६३ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २०७४ सालको निर्वाचनमा १ लाख ६९ हजार ४३ मतदाता रहेका थिए । अब हुने स्थानीय तह निर्वाचनमा पुरुषभन्दा महिला मतदाताको संख्या धेरै छ । १ लाख १० हजार ३ सय ३ जना महिला छन् भने १ लाख ८ हजार २६० जना पुरष रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए ।

सबैभन्दा बढी मतदाता गोरखा नगरपालिकामा

अबको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी गोरखा नगरपालिकामा ३५ हजार ३१ र सबैभन्दा कम चुमनुव्री गाउँपालिकामा ५ हजार १ सय २ जना छन् ।

पालुङटार नगरपालिकामा ३२ हजार ५ सय ९६, शहिद लखनमा २३ हजार ६ सय १७, सिरानचोकमा २१ हजार ३ सय १८, बारपाक सुलिकोटमा २० हजार ४ सय ९२ र भीमसेन थापामा १९ हजार ७ सय २२ मतदाता रहेका छन् ।

त्यस्तै आरुघाटमा १८ हजार ६ सय ७६, गण्डकीमा १८ हजार ५ सय ३१, अजिरकोटमा १२ हजार ५ सय ९२ र धार्चेमा १० हजार ८ सय ८६ मतदाता रहेको कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनलाइ लक्षित गर्दै निर्वाचन आयोगले मंसिर १७ देखि एक महिनासम्म मतदाता नामावली संकलन अभियान चलाएको थियो ।

निर्वाचन अधिकृत तोकियो

आसन्न निर्वाचनलाइ लक्षित गरी मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतहरु तोकिएको छ । गोरखा नगरपालिका समेत हेर्ने गरी जिल्लाको मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधिश दिनबन्धु बराललाई जिम्मेवारी दिइएको छ ।

पालुङटार नगरपालिकामा गोकर्णराज पन्त, अजिरकोट गाउँपालिकाका लागि सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, आरुघाट गाउँपालिकामा उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका उप–सचिव श्रीधर गौतम, आरुघाट गाउँपालिकाका लागि बन तथा बातावरण मन्त्रालयका उप–सचिव बासुदेव रेग्मी, चुमनुब्री गाउँपालिकाका लागि जिल्ला समन्वय समिति गोरखाका प्रमुख नानीबाबु पोखरेललाई निर्वाचन अधिकृत तोकिएको छ ।

त्यस्तै धार्चे गाउँपालिकाका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप–सचिव निराजकुमार खत्री, शहीदलखन गाउँपालिकाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौँका उप–सचिव जिबनप्रसाद आचार्य, सिरानचोक गाउँपालिकाका लागि सर्वोच्च अदालतका इजलास अधिकृत डोलनाथ न्यौपाने र बारपाक सुलिकोट गाउँपालिकाका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उप–सचिव शेषकान्त पौडेललाई निर्वाचन अधिकृत तोकिएको आयोगले जनाएको छ ।

निर्वाचनमा दुइ हजार कर्मचारी खटिने बताइएको छ । निर्वाचन कार्यालयका अनुसार अव हुने स्थानीय तह निर्वाचनमा जिल्लाभर २ सय १५ मतदान स्थल र ३ सय ११ मतदान केन्द्र रहने छन् ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap