धनगढी,चैत्र १३ । सुदूरपश्चिम महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा जारी रहेको महोत्सवकोआज चौथो दिन राष्ट्रिय तथा स्थानीय कलाहरुको बेजोड प्रस्तुती राती ८ बजे सम्म संञ्चालन रहने भएको छ ।
आयोजक कैलाली उद्योग वाणिज्य संघका अनुसार आज गायक निशान भट्टराई, प्रकाश सपुत , उपा घर्तीमगर मुख्य आर्कषण र स्थानिए कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । राति ८ बजेसम्म सञ्चालन हुने महोत्सव महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिए ।

वडा नम्बर १ पशुपति टोलमा जारी महोत्सवमा हिजो तेस्रो दिन राष्ट्रिय कलाकारहरु गायक चक्र बम, चेतन बोहरा, मोडेल रुबिना अधिकारी र सितल शर्माले आफ्ना प्रस्तुति दिएका थिए । हरेक वर्ष मङ्सिर २२ गतेदेखि पौष २ गतेसम्म आयोजना हुने महोत्सव कोभिड(१९ का कारण विगत दुई वर्षदेखि हुन सकेको थिएन ।
२०६३ सालदेखि कैलाली उद्योग वाणिज्य सङ्घले मङ्सिर २२ गतेदेखि पौष २ गतेसम्म महोत्सवको आयोजना गर्दै आइरहेकोमा कोभिड(१९ का कारण यो पटक चैत्र १० देखि २० गतेसम्म आयोजना गरिएको हो ।