१० चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा केही संकट आए पनि लोडसेडिङ नहुने बताएका छन् ।
सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको तर भारतमा मूल्य उच्च भएकाले खरिद नगर्दा समस्या देखिएको उनले बताए ।
भारतमा विजुलीको माग उच्च भएपछि विद्युत प्राधिकरणले केही दिनयता विजुली किनेको थिएन । जसले गर्दा कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो र लोडसेडिङ पुन दोहोरिने हो कि भन्ने उद्येगीहरुले चिन्ता व्यक्त गरेका थिए । तर घिसिङले सुख्खा मौसममा देखिएको संकट टार्न भारतसँग विजुली किन्न खोज्दा अत्यधिक महंगो परेको बताए ।
भारतबाट यो दरमा विजुली किन्दा प्राधिकरणलाई एक दिनमा २० देखि २२ करोड रुपैयाँसम्म बढी रकम तिर्नुपर्ने घिसिङले बताए । एक महिनासम्म यही दरमा विजुली किनेमा ८ अर्ब रुपैयाँ घाटा पर्ने उनको भनाइ छ ।
तर लामो समय महंगो दरमा विजुली किन्न आफूहरुले नसक्ने घिसिङले बताए ।अनलाइनखबर