कलाकार दीपकराज गिरी को व्यंग्य : मैले पनि पार्टीमा जाने निर्णय गरेँ !


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०७८ मा प्रकाशित     
कलाकार दीपकराज गिरी को व्यंग्य : मैले पनि पार्टीमा जाने निर्णय गरेँ !

 ९ चैत,कलाकार दीपकराज गिरीले निर्वाचन नजिकिएसँगै कलाकारहरू पार्टी प्रवेश गर्न थालेको बताएका छन् । मंगलबार करिश्मा मानन्धर एमाले प्रवेश गरेपछि गिरीले यस्तो बताएका हुन् ।

उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरूले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्यसमेत गरेका छन् ।

‘चुनाव आयो ! हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ !  तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि?’, गिरीले फेसबुकमा व्यंग्य गरेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap