चुनाव पराजयपछि पनिभारतीय राज्य उत्तराखण्डमा पुस्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन्


लेखक : सुन्दराञ्चल      चैत्र ८, २०७८ मा प्रकाशित     
चुनाव पराजयपछि पनिभारतीय राज्य उत्तराखण्डमा पुस्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन्

 ८ चैत, भारतीय राज्य उत्तराखण्डमा पुस्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन् । चुनाव पराजयपछि पनि उनी उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेका हुन् । मार्चको दोस्रो साता सार्वजनिक भएको विधानसभा निर्वाचनमा धामी कंग्रेसका उम्मेदवारसँग पराजित भएका थिए ।

उनी राज्यको भाजपा विधायक दलको नेतामा निर्वाचित भएका छन् । भाजपा विधायक दलको नेता निर्वाचित भएपछि धामीले लगातार दोस्रो कार्यकालको लागि भाजपालाई मतदान गरेकोमा राज्यका जनतालाई धन्यवाद दिएका छन् ।

‘पुस्कर सिंह धामी विधायक दलको नेतामा निर्वाचित भएका छन् । उनको नेतृत्वमा उत्तराखण्डले तीव्र प्रगति गर्नेछ,’ रक्षामन्त्री राजनाथ सिंहले भने । आगामी १० वर्षमा उत्तराखण्डलाई अग्रणी राज्य बनाइने उनले बताए ।

उनले  बुधबार २३ मार्चमा मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय संविधानअनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मुख्यमन्त्री हुन पाउने व्यवस्था छ । धामीका लागि सिट खाली गर्न भाजपाका सांसदहरू इच्छुक रहेका छन् ।

७० सिट भएको उत्तराखण्डको विधान सभामा भाजपा ४७ सिटमा विजयी भएको थियो । विजयसँगै भाजपाले उत्तराखण्डमा लगातार दोस्रो पटक सरकार गठन गर्न लागेको हो ।

कंग्रेस उम्मेदवार भुवन चन्द्र काप्रीसँग ६ हजार ५७९ मतान्तरले पराजित भएपछि ११ मार्चमा धामीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए । एजेन्सी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap