स्नातक उत्तीर्ण गरेका तनहुँ एक युवकले गाई पालेर मनग्य आम्दानी कमाउदै..


लेखक : सुन्दराञ्चल      चैत्र ७, २०७८ मा प्रकाशित     
स्नातक उत्तीर्ण गरेका तनहुँ एक युवकले  गाई पालेर मनग्य आम्दानी कमाउदै..

चैत्र ७ तनहुँ । विदेशबाट फर्किएर तनहुँका एक युवकले होलेस्टेन र जर्सी जातका उन्नत गाई पालेर दूध बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका व्यास नगरपालिका(११ सेराका रमेशप्रसाद आचार्य स्वदेश फर्किएर गाईपालनमा लागेका हुन् ।

स्नातक उत्तीर्ण गरेका उनी जागिरभन्दा आफ्नै स्वतन्त्र पेसा राम्रो लागेर गाईपालनमा लागेको बताउँछन् । तीन वर्षको मलेसिया बसाइमा सन्तोषजनक कमाइ भएपनि स्वदेशमै बसेर केही गर्ने मनसायले फर्किएर गाईपालन व्यवसाय थालेको उनी बताउँछन् ।

सुरुमा दुईवटा गाईबाट व्यवसाय सुरु गरेका आचार्यले अहिले सातवटा गाई पुर्‍याएका छन् भने अझै केही गाई थप्ने योजनामा छन् । ‘दैनिक १६० लिटर दूध उपभोक्ताको घरघरमा पुगेर बिक्री गर्दै आएको छु,’ आचार्य भन्छन्, ‘एक सय लिटर अन्यत्र कृषकबाट र साठी लिटर आफ्नो फार्मबाट उत्पादित दूध बिक्री गर्दै आएको छु ।’

आफ्नो बारीको घाँसले मात्रै नपुगेपछि जग्गा भाडामा लिएर वार्षिक तीस हजार रुपैयाँ बुझाउँदै आएका छन् भने सबै लागत खर्च कटाएर मासिक कम्तीमा ५० हजार रुपैयाँ कमाउँदै आएको उनी बताउँछन् ।

तर कुनै पनि निकायबाट अनुदान भने पाउन नसकेको उनको गुनासो छ । तीन रोपनी जमिनमा मौसमअनुसार तरकारी खेती पनि आचार्यले गर्दै आएका छन् । रासस

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap