२१ वर्षीय युवकले आवेगमा मर्छु भन्दै सिक्री र बकल निलेपछि….?


लेखक : सुन्दराञ्चल      चैत्र २, २०७८ मा प्रकाशित     
२१ वर्षीय युवकले आवेगमा मर्छु भन्दै सिक्री र बकल निलेपछि….?

चैत्र २ आवेगमा फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बकल निल्ने युवक शल्यक्रियापछि स्वस्थ भएका छन् । सिक्री र बकल निलेपछि ती युवकको अवस्था गम्भीर थियो । तर, नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना भएपछि चिकित्सकले शल्यक्रिया गरेपछि भने युवकको अबस्था सामान्ने्र रहेको छ।

भोजपुरको भोजपुर नगरपालिका–१२ का २१ वर्षीय ती युवकले मर्छु भन्दै सिक्री र बकल निलेका थिए । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बकल निलेका थिए ।

चिकित्सका अनुसार सिक्री उनको पेटमा थियो । बकल भने खाना नलीमा अड्किएको थियो । नोबेलका शल्य चिकित्सक डा। ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले इण्डोस्कोपिक विधिमार्फत बकल र सिक्री दिसा नलीबाट निकालेको अस्पतालले बचाए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap