कोरोना भाइरस सङ्क्रमणदर झापामा शून्य भएसँगै कुरिलो बिक्री नहुँदा किसान चिन्तित


लेखक : सुन्दराञ्चल      चैत्र २, २०७८ मा प्रकाशित     
कोरोना भाइरस सङ्क्रमणदर झापामा शून्य भएसँगै कुरिलो बिक्री नहुँदा किसान चिन्तित

 झापा २ चैत,। कोरोना भाइरस सङ्क्रमणदर झापामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् ।

जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए । त्यसबाट विगतमा मनग्य आम्दानी गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि चिन्तित बनेका हुन् । दमक नगरपालिका–३ मा योङहाङ एग्रो फार्म प्रालिले दैनिकजसो ५० किलो बढी कुरिलोको टुसा उत्पादन गर्दै आएको छ । कोभिडको संक्रमण घटेसँगै कुरिलोको टुसा बजारमा बिक्री हुन छाडेको प्रालिका सञ्चालक नारायण योङहाङले बताए ।

‘कोरोनाकालमा थोरै मान्छेले कुरिलोको महत्व बुझे र यसको प्रयोग गरे,’ उनले भने, ‘अरु तरकारीको तुलनामा महँगो हुने र सर्वसाधारणले अझै पनि यसको गुण र महत्वका बारेमा राम्रो जानकारी नभएका कारण बिक्री हुन छाड्यो ।’ योङहाङ र याम भण्डारीको संयुक्त लगानीमा १० कठ्ठामा सुरू गरेको फार्मले बेर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरू गरेको थियो । सुरुका दिनमा प्रतिकिलो एक हजार ४०० रुपैयाँमा बिक्री गरेको कुरिलो हाल थोक मूल्य ४०० मा बिक्री गरिरहेको किसानको भनाइ छ ।

योङहाङले दैनिकजसो उत्पादन हुने कुरिलो स्थानीय बजारमा मात्र खपत नहुँदा र जिल्लाबाहिर बजारको विस्तार गर्न नसक्दा समस्या उत्पन्न भएको बताए । उनले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभई पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत जैविक हुने भएपनि अन्य तरकारीको तुलनामा महँगो हुँदा उपभोक्ता खासै आकर्षित नभएको बताए ।

उनले मेहनत गरेर उत्पादन गरेको कुरिलोको टुसा नास हुन नदिन सस्तो दरमा बजारमा बिक्री गर्ने योजना बनाइरहेको जानकारी दिए । ‘खेर जान दिनुभन्दा त सस्तो मूल्यमा बिक्री गरेपनि थोरै आम्दानी त हुन्छ,’ उनले भने, ‘निराश छैनौं बजारको खोजीमा छौं, कुरिलोको गुण र महत्वका बारेमा पनि उपभोक्तालाई जानकारी गराइरहेका छौं ।’ रासस
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap