पछिल्ला दिनमा वैदेशिक अध्ययन अनुमति पत्र एनओसी लिने विद्यार्थीको संख्या ..?


लेखक : सुन्दराञ्चल      चैत्र १, २०७८ मा प्रकाशित     
पछिल्ला दिनमा वैदेशिक अध्ययन अनुमति पत्र एनओसी लिने विद्यार्थीको संख्या ..?

 काठमाडौं १ चैत, । पछिल्ला दिनमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्यधिक बढेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार एक सतायता दिनमा एक हजारदेखि १२ सय जना विद्यार्थी वैदेशिक अध्ययन अनुमति पत्र लिन आउने गरेका छन् ।

शाखा प्रमुख हरिप्रसाद निरौलाले अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, भारतलगायतका देशमा पढ्न जाने विद्यार्थीको संख्या अत्यधिक देखिएको बताए । ‘पछिल्लो साता चाप अस्वाभाविक रुपमा बढेको छ । हामीले सबैलाई सेवा दिनै समस्या भइरहेको छ’ उनले भने ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले शिक्षा मन्त्रालयबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । त्यसैले विदेश पढ्न जानेहरुले मात्र यो प्रमाणपत्र लिने गर्छन् ।

विदेश पढ्न जाने विद्यार्थीहरुको चाप नेपालको उच्च शिक्षा क्षेत्रका लागि चुनौती भएको शाखा प्रमुख निरौलाले बताए । ‘यही संख्यामा विद्यार्थी विदेश पढ्न गइरहने हो भने पाँच वर्षपछि नेपालको उच्च शिक्षा कस्तो होला ?’ उनले प्रश्न गरे ।

विद्यार्थीको चाप बढेकै कारण मन्त्रालयको एनओसी शाखाले विद्यार्थीहरुको प्रमाणपत्रको भेरिफिकेसन अनलाइन प्रविधिबाट मात्र गर्ने निर्णय गरेको छ । भौतिक रुपमा अत्यधिक चाप बढेकाले अनलाइन माध्यमबाट मात्रै भेरिफिकेसन गर्न थालिएको शाखा प्रमुख निरौलाले बताए ।

शाखाले एक सूचना जारी गर्दै प्रमाणपत्र भेरिफिकेसन भएको नोटिफिकेसन इमेल वा एसएमएसमा आएपछि सक्कल कागजात र प्रमाणित प्रतिलिपी लिएर एनओसी लिन आफैं उपस्थित हुन भनेको छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap