नवजीवन सहकारीको अध्यक्षमा बम निर्वाचित


लेखक : सुन्दराञ्चल      चैत्र १, २०७८ मा प्रकाशित     
नवजीवन सहकारीको अध्यक्षमा बम निर्वाचित

चैत्र १  धनगढीमा रहेको नवजीवन सहकारी संस्था लिमिटेडको अध्यक्षमा देवबहादुर बम विजयी भएका छन् भने। सहकारीको २८ औं चुनावी साधारणसभामा गठबन्धनका उम्मेदवार ​रतनबहादुर कठायतलाई १ हजार ३ सय बढी मतले हराउँदै नेकपा एमालेका बम अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचित बमले ८ हजार ३९१ मत प्राप्त गरे भने । अध्यक्षका अर्का प्रत्यासी कठायतले ७ हजार ८३ मत पाए । त्यस्तै, सहकारीको उपाध्यक्षमा ७ हजार ३२९ मतका साथ चेतराज ओझा विजयी भएका छन् ।

उपाध्यक्षका प्रत्यासी भरतराज जोशीले ६ हजार ८२७ मत प्राप्त गरे । यसैगरी सदस्यहरूमा इन्दिरा जैसी ९८३११०, उत्तम जोशी ९६९२४०, गोपालराज पाठक ९६८५७०, केशवराज मिश्र ९६७८००, डा। महेशराज विष्ट ९६६३००, घनबहादुर शाह ९६६११०, उपेन्द्र विष्ट ९६४७७०, शिवकुमार जोशी फुलारा ९६३६४०, गणेश बम ९६१७२०, जयराज जोशी ९६१०२० र बिश्वनाथ ओझा ९६०१५० मतका साथ विजयी भएको प्रमुख निर्वाचन अधिकृत डा। लोकबहादुर विष्टले बताएका छन्।

त्यसैगरी, सहकारीको लेखा सुपरिवेक्षणको संयोजकमा चेतराज जोशी ९७१६५० निर्वाचित भएका छन् । लेखा सुपरिवेक्षण सदस्यद्वयमा गणेशप्रसाद उपाध्याय ९७१४१० र लक्ष्मीराज पन्त ९७०१५० विजयी भए । निर्वाचन समितिका अनुसार सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो ।

सहकारीको नेतृत्वको लागि २८ फागुनमा सम्पन्न निर्वाचनमा बम र कठायतको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए । नवजीवन सहकारी संस्था १५ वैशाख २०५० मा सहकारी विभागमा दर्ता भएको थियो ।

धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवनको कैलालीको अत्तरिया, सुक्खड, टीकापुर, जोशीपुर, चौमाला, राजपुर, हसुलिया, बर्दियाको बाँसगढी र कञ्चनपुरको आईविआरडीमा शाखा कार्यालय रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap