३० फागुन, बाजुराको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज, नेपालले निर्माण गरेको झोलुंगे पुलको उद्घाटन रक्षा सचिव किरणराज शर्माले गरे ।
नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत निर्माण भएको हो । यसअघि काठे पुलमार्फत नदी तर्नुपर्ने बाध्यता थियो । पुल बन्दा १० गाउँका बासिन्दा लाभान्वित भएका छन् ।
९० दिनभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षा र हिमपातले गर्दा ९९ दिनमा निर्माण कार्य सम्पन्न भएको कादुरी इन्जिनियर ओहोदनारायण चौधरीले जानकारी दिए । फरकधार