काठमाडौं ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलप्रति आक्रोश पोखेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरेकोप्रति देउवा उनीप्रति खनिएका हुन्।
‘मन्त्रिपरषद्बाट आफ्नै सरकार हुँदा पास गरेर संसदमा पेस गर्दा त्यसबेला किन आलोचना गर्नुभएन। भीम रावलले के हेरेर बसे त्यसबेला ?’ नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका देउवाले आक्रोशित हुँदै भने,’अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसेबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्ने थियो।’
रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रिया अघि बढिरहेको सुनाउँदै देउवाले विरोध गर्ने भए उनी राजीनामा दिएर बाहिर आउनुपर्ने तत्कालीन समय सम्झाए। ‘एमसीसीको सबैभन्दा बढी खिलाफमा भीम रावल हुनुहुन्छ। त्यसबेला भीम रावलको दिमाग खुस्किएको थियो ? अहिले बोल्न लाज छैन ?’