२७ फागुन, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ मा आज बिहान आठ बजेदेखि आगलागी भएको हो ।
ताप्लेजुङमा प्रत्येक वर्ष आगलागीका ठूला घटना भइरहेका छन् । गत वर्षको १८ फागुनमा जिल्लाको दोभान बजारमा आगलागी हुँदा ४० भन्दा बढी घर जलेका थिए ।