गर्भवतीलाई कोसेली कार्यक्रम सञ्चालन उपप्रमुख साँफेबगर


लेखक : सुन्दराञ्चल      फाल्गुन २३, २०७८ मा प्रकाशित     
गर्भवतीलाई कोसेली कार्यक्रम सञ्चालन उपप्रमुख साँफेबगर

२३ फागुन साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिएकी छन् ।  १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो ।

उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र  एक प्याकेट नुन दिइएको हो । ​गर्भवतीका लागि पोष्टिक आहार लिएर घर आँगनमै आउनु खुसी भएको साँफेबगर नगरपालिका-४ मष्टमाडौंकी सरिता भुलले बताइन् । गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएको उनको भनाइ छ ।रातोपाटी
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap