काङ्ग्रेस कैलालीको आज दोस्रो चरणको निर्वाचन हुदै


लेखक : सुन्दराञ्चल      फाल्गुन १९, २०७८ मा प्रकाशित     
काङ्ग्रेस कैलालीको आज दोस्रो चरणको निर्वाचन हुदै

धनगढी फागुन १९ काङ्ग्रेस कैलालीको सभापति चयनका लागि आज दोस्रो चरणको निर्वाचन हुदैँ छ । जिल्ला सभापतिको दौडमा रहेका प्रकाश बम,र नारायणदत्त भट्ट निर्वाचन समितिबीच भएको छलफलपटिछ आज दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

काङ्ग्रेस सभापति चयनका लागि दोस्रो चरणमा प्रतिस्पर्धा गर्न योग्य भएका बम र भट्ट दुवै जना संस्थापन पक्षका हुन । भने संस्थापन इतर पक्षबाट सभापतिमा उम्मेदवारी दिएका रामबहादुर कलेल भने पहिलो चरणबाट बाहिरिए । अब कलेलले प्रकाश बमलाई समर्थन गर्ने घोषण गरेका छन् ।

बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै कलेल समुहले आफ्ना मतदातालाई अब सभापतिका उम्मेदवार बमलाइ मत दिन जानकारी दिए ।

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार तीनै जनाले ५० प्रतिशतभन्दा बढी मत पु¥याउन सकेनन् । तेसैले काङ्ग्रेसको विधान अनुसार सभापतिमा जित्नका लागि एक हजार २४३ अर्थात ५० प्रतिशतभन्दा बढी मत अनिवार्य रुपमा ल्याउनु पर्ने थियो । तर, तीनै जना उम्मेदवारको पक्षमा विधान अनुसार मत नपरेपछि सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap