नेपाली कांग्रेस कैलाली जिल्ला सभापतिका लागि पुनः मतदान सर्‍यो


लेखक : सुन्दराञ्चल      फाल्गुन १८, २०७८ मा प्रकाशित     
नेपाली कांग्रेस कैलाली जिल्ला सभापतिका लागि पुनः मतदान सर्‍यो

धनगढी १८ फागुन, । नेपाली कांग्रेस कैलाली जिल्ला सभापतिका लागि बुधबार तोकिएको पुनःमतदान सरेको छ ।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सभापति पदका प्रतिस्पर्धी प्रकाश बम र नारायणदत्त भट्टको आपसी सहमतिमा मतदान कार्यक्रम बिहीबार सारिएको जानकारी दिए ।

निर्वाचन अधिकृत सुवेदीका अनुसार बिहीबार बिहान सवा ८ बजेदेखि पुुनःमतदान हुनेछ ।

गत आइतबार भएको मतदानको मत परिणाम अनुसार सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मतदान दोस्रो चरणमा गएको हो ।

पहिरो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रकाश बम (११६९) र अर्का उम्मेदवार नारायणदत्त भट्ट (१०७२)बीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

अर्का उम्मेदवार रामबहादुर कलेल (१९७) भने पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरिएका छन् । कलेलले शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका थिए । बम र भट्ट भने संस्थापन पक्षका उम्मेदवार हुन् ।

दोस्रो चरणमा भने कलेल नै निर्णायक बनेका छन् अब उनले सघाउने उम्मेदवार विजयी हुनेछन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap