नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह -जेडब्लुजी)को बैठक बस्ने


लेखक : सुन्दराञ्चल      फाल्गुन १०, २०७८ मा प्रकाशित     
नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह -जेडब्लुजी)को बैठक बस्ने

काठमाडौं१० फागुन, । भोलि बुधबारदेखि नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक बस्ने भएको छ । २ वर्षदेखि हुन नसकेको बैठक काठमाडौंको होटल हायातमा दुई दिनसम्म चल्नेछ ।

भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानी/विकास’बारे छलफल गर्न चाहेको छ । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालले बैठक बोलाउन पटक-पटक भारतलाई आग्रह गर्दै आएपनि भारतले कोरोनाको महामारीको कारण देखाएर अलमल गर्दै आएको थियो ।

काठमाडौंमा हुने बैठकको पहिलो दिन भोलि नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह -जेडब्लुजी)को बैठक बस्ने छ । बैठकले टुंगो लगाएका विषयहरु दोस्रो दिन हुने सचिवस्तरीय बैठकमा पेश हुनेछन् । नेपालको तर्फबाट ऊर्जासचिव देवेन्द्र कार्कीले र भारतको तर्फबाट भारतीय ऊर्जासचिव आलोक कुमारले नेतृत्व गर्नेछन् ।

बैठकमा मुख्य रुपमा नेपाल भारत ऊर्जा व्यापार र अन्तरदेशीय प्रसरणलाइन आयोजना र निर्माण र जलविद्युत क्षेत्रको लगानीबारेमा छलफल हुनेछ । बैठकमा ‘न्यू बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण गर्न भएको सहमति कार्यान्वयनको अवस्थाबारे समीक्षा हुनेछ ।

त्यसैगरी बैठकमा नेपालमा उत्पादित विद्युतललाई सहजै भारतीय बजारमा प्रवेश दिनेबारे पनि छलफल हुनेछ । नेपालले अहिले भारतमा ३९ मेगावाटका आयोजनाको बिजुली मात्रै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा निर्यात गर्ने अनुमति पाएको छ । नेपाल विद्युत प्राधिकरणले थप ८१४ मेगावाटबराबरका आयोजनाको बिजुलीलाई पनि बजारमा प्रवेश दिन प्रस्ताव गरेको छ । तर, भारत सरकार अझै तयार नभएकाले यस विषयमा पनि भारतको ध्यानाकर्षण गराउने ऊर्जा मन्त्रालयको तयारी छ ।

ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार भारतले यसपटक आफ्नो एजेन्डामा ‘जलविद्युतमा संयुक्त लगानी’ पनि राखेको छ । भारतले कुनै ठूलो आयोजना नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्ने प्रस्ताव गर्ने अनुमान छ । तर, कुन आयोजनामा भारतको लगानी गर्ने इच्छा हो र कुन आयोजनामा संयुक्त लगानी सम्भव छ भन्नेबारे बैठकमा नै छलफल हुनेछ । भारतले संयुक्त रुपमा सरकारी लगानीका कम्पनी खडा गरेर ठूला आयोजना अघि बढाउन प्रस्ताव गर्ने सम्भावना पनि छ ।

अहिलेसम्म नेपाल भारतको संयुक्त लगानीमा आयोजना बनेको छैन । भारत सरकारको लगानीमा अरुण तेस्रो बनिरहेको छ भने तल्लो अरुण जलविद्युत आयोजना पनि भारतले नै बनाउने गरी समझदारी भइसकेको छ । भारतीय कम्पनी जीएमआरले माथिल्लो कणार्ली आयोजना लिए पनि लगानी जुटाउन सकेको छैन ।

ऊर्जासचिव स्तरीय बैठकमा नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि त्रिदेशीय (नेपाल, भारत र बङ्गलादेश) बैठक आयोजनाबारे छलफल हुनसक्ने अधिकारीहरु बताउँछन् । २०७६ असोजकै बैठकमा भारतले तीन महिनाभित्र यस्तो बैठक बोलाउने प्रतिवद्धता जनाएपनि अझै चासो दिएको छैन । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap