काठमाण्डौं फागुन २ चीनको बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा आइतबारसम्मको खेल सकिँदा जर्मनीलाई उछिन्दै नर्वे शीर्ष स्थानमा उक्लिएको छ ।
सात स्वर्ण, ६ रजत र एक कास्यसहित कुल १४ पदक हात पारेको अमेरिका तेस्रो स्थानमा रहँदा चौथो स्थानको नेदरल्याण्ड्सले ६ स्वर्ण, चार रजत र २ कास्यसहित १२ पदक जितेको छ ।
पाँच स्वर्ण, तीन रजत र तीन कास्यसहित ११ पदक जितेको स्वीडेन पाँचौं स्थानमा रहँदा छैटौं स्थानको अस्ट्रियाको नाममा चार स्वर्ण, ६ रजत र चार कास्यसहित कुल १४ पदक छ ।
तीन स्वर्ण र पाँच रजतसहित कुल आठ पदक हात पारेको स्विट्जरल्याण्ड नवौं तथा दुई स्वर्ण, ६ रजत र दुई कास्यसहित १० पदक जितेको फ्रान्स १० औं स्थानमा छन् ।
इटालीले दुई स्वर्ण, पाँच रजत र चार कास्य, जापानले दुई स्वर्ण, चार रजत र पाँच कास्य जित्दा स्लोभेनियाको समान दुई स्वर्ण, रजत र कास्य तथा क्यानडाको एक स्वर्ण, चार रजत र १० कास्य छ ।
क्षिण कोरियाले एक स्वर्ण, तीन रजत र एक कास्य, अस्ट्रेलियाले एक स्वर्ण दुई रजत र एक कास्य हात पार्दा फिनल्यान्डको एक स्वर्ण, एक रजत र दुई कास्य छ । हंगेरीको एक स्वर्ण र दुई कास्य रहँदा चेक गणतन्त्रले समान एक स्वर्ण र कास्य हात पारेको छ ।
न्युजिल्यान्ड र स्लोभाकियाले समान एक स्वर्ण तथा बेलारुस र स्पेनको समान एक रजत पदक जित्दा बेल्जियम, लात्भिया र पोल्यान्डको नाममा समान एक कास्य पदक छ । फरकधार