कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा विरोध प्रदर्शन


लेखक : सुन्दराञ्चल      माघ २४, २०७८ मा प्रकाशित     
कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा विरोध प्रदर्शन

काठमाडौं २४ माघ, । कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ ।

ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन संकटकाल लगाइएको बताएका छन् ।

सुरुमा ट्रक चालकहरुले थालेको आन्दोलनमा अन्य व्यक्तिहरुले पनि साथ दिएपछि क्यानडाको राजधानी सहर ठप्प जस्तै भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

आन्दोलनकारीले सडकमा ट्रक तेर्स्याएर र टेन्ट राखेर यातायात आवागमन बन्द गराएका छन् । आन्दोलनको क्रममा हिंसा र दुर्व्यवहार भएको भन्दै उजुरी पनि परेका छन् ।

क्यानडा सरकारले यही जनवरी १५ तारिखमा कोरोनाविरुद्धको खोपसम्बन्धी निर्णय गर्दै खोप नलगाएका क्यानेडियन ट्रक चालकहरूले अमेरिका-क्यानडा सीमा वारपार गर्न खोप लगाएको हुनुपर्ने आदेश जारी गरेको थियो ।

यही आदेशको विरोधमा ट्रक चालकहरुले प्रदर्शन सुरु गरेका थिए । अहिले त्यही प्रदर्शन व्यापक हुँदै गएको हो । उनीहरुले प्रदर्शनलाई ‘पि|mडम कन्भोई’ नाम दिएका छन् ।

राजधानी ओटावाका साथै टोरन्टो, क्विबेक, फ्रेडेरिक्टज र विनिपेगमा पनि कोभिड खोप अनिवार्य गरिएको विरोधमा प्रदर्शन भएका छन् । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap