नेकपा एमालेको बैठक दिउँसो एक बजे बस्दै


लेखक : सुन्दराञ्चल      माघ १९, २०७८ मा प्रकाशित     
नेकपा एमालेको बैठक दिउँसो एक बजे बस्दै

काठमाडौं १९ माघ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे भक्तपुरको एक पार्टी प्यालेसमा बस्ने छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सन्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap